प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीको बैठक सम्पन्न

श्याम घिमिरे 
अर्घाखाँची –   प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीको बैठक महत्वपूर्ण निर्णय गर्दे सन्धिखर्कमा सम्पन्न भएको छ । 
संघका केन्द्रिय सदस्य श्याम प्रसाद घिमिरेको प्रमुख आतिथ्यता र राष्ट्रिय जनमोर्चाका नेता सागर केसीको बिशेष उपस्थितिमा मा सम्पन्न बैठकले यही माघ २२ गते सनिबारको दिन संघको तेस्रो जिल्ला भेला सन्धिखर्कमा गर्ने लगाएतका निर्णयहरु गरेको छ । 
त्यस्तै बैठकले आगामी फाल्गुण  तिन गते हुन गईरहेको नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रगतिशील पत्रकार संघको नेतृत्वलाई सहयोग र समर्थन गर्न  सबै पत्रकार संघ संस्थाहरुसंग अनुरोध एवं आग्रह गर्ने  निर्णय समेत गरेको छ । 
बैठक संघका जिल्ला अध्यक्ष बिनोद गैरेको अध्यक्षता उपाध्यक्ष गोपाल भट्टराईको स्वागत मनतब्य र सचिव जितेन्द्र खत्रीको संन्चालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु