सन्धिखर्क नगरक्षेत्रको बिकास निर्माणलाई सम्पन्न गर्नका लागि अनुगमनलाई तिब्रता दिने

सुर्य भुसाल 
सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशीले नगरक्षेत्रको बिकास निर्माणलाई सम्पन्न गर्नका लागि अनुगमनलाई तिब्रता दिने बताउनु भएको छ ।

सन्धिखर्क नगरपालिकामा अाज अायोजित जेष्ठ नागरिक समिति को बैठक मा अाफ्नो भनाइ राख्दै कार्यकारी अधिकृत जोशीले नगरपालिकाका गतिविधि तथा बिकासका कामहरु लाई बैशाख महिना भित्र पुरा गर्ने र अषाढ मसान्तमा हतारका साथ गर्ने काम पहिला नै गर्ने ब्यबस्था मिलाउनका लागि कर्मचारी हरुलाई निर्देशन दिएको बताउनु भयो जोशीले बिकास निर्माणका कामहरुलाई पारदर्शिताका साथ अगाडि बढाउने बताउदै अर्घाखाँची जिल्लामा मोटरबाटो तथा अन्य बिकास निर्माणका काम देख्दा अाफु हर्षित भएको उहाले उल्लेख गर्नु भयो ।

 उहाले कर्मचारीहरुलाई जनताको सेबालाई तुरुस्त दुरुस्त पार्नका लागि अाफुले निर्देशन दिएको बताउदै बिकासका कामको अनुगमनलाई अाफुले महत्त्वपूर्ण ढंगले अगाडि बढाउने बताउदै सबै जिल्लाबासीको सहयोग भए अाफुले एतिहासिक काम गरेर देखाउने बताउनु भयो ।

 उहाले गएको नगरपरिषदबाट महिला दलित बालबालिकाहरुको क्षेत्रमा बजेट बिनियोजन गर्ने बताउदै शिक्षा स्वास्थ खानेपानी लगायतका क्षेत्रको बिकासका लागि बजेट बिनियोजन गरिएको बताउनु भयो । उहाले सरकारी कामलाई प्रभाबकारी बनाउनु सबैको दायित्व भएको बताउदै अाफुलाई सकरात्मक काममा सहयोग गर्न अाग्रह गर्नु भयो। जोशीले नगरक्षेत्र भित्रको बिकास निर्माणले तिब्रता लिएको बताउदै गएको परिषद बाट नयाँ योजना ल्याएको बताउनु भयो । उहाले नगरक्षेत्र भित्रका योजना तर्जुमा गोष्ठीबाट अाएका मागलाई सम्बोधन गर्ने र अगाडि बढाउने बताउनु भयो । सालिन र मिहिनेती अनुशासित तथा स्थानीय बिकास मन्त्रालयका काममा दखल राख्ने कार्यकारी अधिकृत रामजी जोशी निकै प्रखर तथा अनुभवी कार्यकारीको रुपमा परिचित हुनुहुन्छ ।

 जोशी जिल्लामा अाएपछि नगरपालिकाको बिकासले फड्को मारेको यहाँका स्थानीयबासीहरुको बुझाई छ जोसिले जेष्ठ नागरिक हरुका लागि सजिलो र सहज भत्ता बितरण बनाउनका लागि बैङकिङ ब्यबस्था मिलाई एको बताउनु भयो । कार्यक्रम थान बहादुर महत्राको सन्चालनमा सम्पन्न भएको हो