हंसपुर मोटरबाटाको टोपवहादुर रायमाझीद्धारा उद्घाटन ( तस्बिर सहित)

इन्द्रलाल रेग्मी 
हंसपुर, अर्घाखाँची । अर्घाखाँची जिल्लाको हंसपुर गाविस वडा नम्बर २ मा रहेको रत्नमारे स्थित पैयाँ छेडा बाझिने दोबाटा हुदै प्युठान जाने करिव ७ किलोमिटर मोटरबाटाको नेकपा माओवादी केन्द्रका संसदिय दलका उपनेता तथा पुर्वमन्त्री टोपवहादुर रायमाझीले उद्घाटन गर्नुभएको हो ।
गाविसको पैयाँ क्षेणा भन्ने ठाउँमा रिवन काटेर मोटरबाटोको उदघाटन गर्नुभएको हो । वडा नम्बर २ कै दहखोला भन्ने स्थानमा सभामा परिणत भएको थियो ।
मोटरबाटो निमार्ण गर्नका लागी १४ लाख ५ हजार खर्च भएको र बाकीँ २ लाख १५ हजार क्रणमा रहेको सिद्धार्थ उच्च माविका प्राचार्य योगराज अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै बाटोको जानकारी गराउनुभएको थियो ।
मोटरबाटाको उदघाटन गर्दै पुर्वमन्त्री टोपवहादुर रायमाझीले उदघाटन भएको मोटरबाटो स्तरिकरणका लागी आफुले कुनै पनी प्रयास बाँकी नराख्ने र उक्त योजनालाई स्तरिकरण गर्नका लागी क्षेत्रिय योजनामा समावेश गराउने आश्वासन दिएका थिए ।
नेपाली कांग्रेसका जिल्ला सभापती विष्णुप्रसाद खनाल मुस्कानले यो बाटो थप विस्तार गर्नका आगामी जिल्ला विकास समितीको परिषदबाट ५ लाख रुपैयाँ प्रस्ताव गर्ने बताउदै, प्रस्तावित रकममा सवै दलको सहयोग रहने बताए ।
नेकपा एमालेका सचिवालय सदस्य दलबहादुर भट्टराई, माओवादी केन्द्रका जिल्ला संयोजक ठाकुर कुमार विक, जनमोर्चाका दिलकहादुर खत्री, नयाँ शक्ती नेपालका खिमबहादुर विक , जिल्ला विकास समितीका दामोदर ज्ञवाली, एमाले गाउँ कमिटीका अध्यक्ष ऋषिराम थापा, माओवादी केन्द्रका, नेकपा माओवादी केन्द्रका नारायणप्रसाद अर्याल, नयाँ शक्ती नेपाल गाउँ कार्य समितीका बलबहादुर राना, गाविस सचिव कमलप्रसाद प्रोख्रेल, प्युठानका समाजसेवी प्रतिभान पुन लगाएतले मन्तव्य राखेका थिए ।
उपभोक्ता समितीका अध्यक्ष अन्नत प्रसाद अधिकारी, स्वागत वडा नम्बर २ का धर्मराज अधिकारी र पत्रकार इन्द्रलाल रेग्मीको सञ्चालनमा सम्पन्न भएको हो ।