रामचन्द्र आचार्य अर्घाखाँची हाल काठमाडौं
१०+२ पास गरिसकेपछि घरको सल्लाह सुझाव अनुसार नै काठमाडौँ तिर हानिएको थिएँ । म २०६७ फाल्गुनमा सानो ठिमी कलेजमा भर्ना भएको थिएँ । म क्लासमा साथीहरु पनि खासै चिनेका थिएनन् । जे थिए उही पुराना साथी १०ग२ सँगै पढेका हिमाल र अनिल अनि रुम पार्टनर नवराज ।
काठमाडौंको नौलो ठाउँ समय बिताउन मुख्य सहयोगी थियो मेरो लागि फेसबुक । कलेजबाट फर्कने वित्तिकै खल्तीबाट मोबाइल निकालेर फेसबुक खोले नोटिफिकेशनमा आएको रहेछ । ढिला नगरी हेरेँ, लेखेको थियो योर रिक्वेष्ट एसेप्टेड नर्वदा घिमिरे आहा कति राम्रो नाम मनमनै उच्चारण गरेँ र साइडमा हरियो थोप्लो पनि थियो । ढिला नगरी हाई लेखेँ फटाफट तर सेन्ड थिच्न मन लागेन । मनमा निकै कौतुहलता आए के भन्ली रिक्वेष्ट एसेप्ट हुनै पाको छैन म्यासेज । केही बेर निकै सोचेँ अन्त्यमा सेन्ड बटन थिचेँ । छिट्टै नै रिप्लाई आयो हाई प्रति उत्तर । तर त्यसपछि के लेखुँ के लेखुँ भन्ने भएको थियो र टाइप गरेँ हाएर् आर् यु फरम फटाफट लेखेँ तर सेन्ड थिच्न मल लागेन मेटी दिएँ । फेरि मनलाई बलियो बनाएर टाइप गरेँ वेलकम छ है फ्रेन्ड लिष्टमा लगत्तै रिप्लाई आयो थ्याङ्क्स ।
र यसरी सुरु भयो हाम्रो वार्तालाप मैले सोधेँ तिमी कहाँ देखिनि ? उनको जवफा आयो झापा । अनि ढिलै नगरी साधेँ तिम्रो पढाई कहाँ पुग्यो नि उनले रिप्लाई दिइन ह्क्ष् । उनले पनि मेरो बारेमा सोधिन् मैले वृतान्त बताएँ । उनको बारेमा पनि अझ धेरै जान्न मन लागेको थियो र मैले सोधेँ घरमा को को नि ? उनले भनिन् भाइृ, मामु र म । मेरो मनबाट फुत्त फुत्किहाल्यो अनि बुवा ? नाई होइसिन्न म भावुक भएँ एकछिन अलमलमा परेँ के दिऊँ जवाफ । सायद मेरो सोच्ने शक्तिनै कमजोर भएजस्तो लाग्यो । केही जवाफ नै आएन । केही समयपछि लेखेँ ओह ! सरी स्याड भनेँ । यसरी कुराकानी गर्ने हाम्रो दैनिकी बनेको थियो । साँझ ७ बजेदेखि करिब राती १० बजेसम्म । हाम्रो कुराकानी च्याटमा मात्रै सिमित थियो । करिब करिब हाम्रो कुराकानी च्याट भन्दा माथि लैजाने सोचले उनीसँग मोबाइल नम्बर मागेँ । तर उनी नै कहिले के भनेर टार्ने कहिले के भनेर टार्ने गरि रहिन् । खासै चासो नै नदिएजस्तो. लाग्यो फेरि घच्घच्याएर मोबाइल नम्बर देउन उनको उत्तर फेरि उही आयौ किन, के का लाग, हामी बोलि त रहेका छौँ नि । मेरो प्रश्न र उनको उत्तरको करिब एक महिना बादविवाद चलिनै रह्यो र अन्त्यमा मैले सोचे कत्ति विवाद गर्ने निकै भाउ खोजी यसलाई अनफ्रेन्ड नै गर्छु भन्ने अठोटले अनफ्रेन्ड गरिदिएँ । भन्छन् नि नरहेगा बाँस नबजेगी बाँसुरी ।
दिनहरु बित्दै थिए । बिस्तारै बिस्तारै मेरो मन मस्तिष्कबाट हराउँदै गएकि थिइन् उनी । करिब करिब डेढ वर्षपछि दशैंमा गाउँ गएको थिएँ । गाउँमा खासै इन्टरनेट पनि नचल्ने हुनाले फेसबुकतिर अपडेट भएको थिइन । यसो समय मिलाएर फेसबुक चल्ने स्थानमा गएको थिएँ । फेसबुक खोल्नासाथ हेरेको म्यासेज रहेछ, हत्त पत्त केही नसोचि हेरेँ त्यो त नर्वदाको रहेछ ।
निकै खुशी लाग्यो, जुन म्यासेजको कल्पना पनि म गरेको थिइन । म्यासेजमा हाई के छ खबर ? आरामै छौ होला नि ? तिमी त मलाई बिर्सिसकेको छौ होला, विस यु हेप्पी दशैँ लेखिएको थियो । अद्भूत खुशीको भाव ममा आभास हुन नपाउँदै विडम्वना रिप्लाई गर्छु भन्दा रिप्लाई नै भएन । मेरो आईडिमा फ्रेन्ड रिक्युेष्ट ब्लक भएकाले मेरो आइडिबाट रिप्लाई दिन सकिन । अनि नजिकैको बुनुको आइडिबाट रिप्लाई दिएँ । अनि म लेखेँ तिमीलाई रिक्येष्ट गर्ने मिलेन तिमी मलाई रिक्येष्ट गर है । मलाई किन अनफ्रेन्ड गरेको छ ? त्यसको कुनै जवफा मसँग भएन र प्रतिउत्तरमा सरी भने । यसरी करिब दश दिन पछाडि म रिक्वेष्ट गरेँ उनी एसेप्ट गरिन् । यसपाली उनी निकै फरासिली भएकी रहेछन् । १०+२ पास गरेर दमक झापा मोडल कलेजमा अध्ययन गर्दी रहिछिन् । अनि मैले भनेँ नर्वदा मैलेत कल्पना पनि गरेको थिएन । यसरी हाम्रो पुनर्मिलन होला भनेर र सम्बन्ध फेरि पुरानै मोडमा आउला भनेर उनको प्रतिउत्तर पनि त्यहि थियो । मैले पनि हुनत नसोकै कुराले जिवनमा नयाँ मोड लिन्छ । अनि विस्तारै समय बित्दै गए हाम्रो आत्मियता झन झन प्रगाढ हुँदै गयो । हामी प्रेममा परिसकेछोँ । कसरी प-यौँ त्यो थाहा थिएन केवल सामाजिक सञ्जालबाट भएको कुरा कानी र एक अर्को प्रतिको विश्वास प्रेम बन्न आइपुगेछ । अबत हाम्रो करिब करिब दैनिकीनै बनेको थियो । ७-८ घण्टा फेसबुक गफमै बिताउने मेरो पढाइ पनि सकिएकाले खासै काम हुने थिएन । दनभरी कोठामै हुन्थेँ उनि भन्थिन् पढ्न मन लाग्दैन । यसरी फेरि हाम्रो पुनःमिलन भएको पनि करिब २ वर्ष पुगेछ । मैले उनलाई जानकारी दिएँ अनि भनेँ अब त नसताऊ नम्बर ल्याउन । निकै कोशिस गरेपछि ल्अभिि को नम्बर दिए । २-३ दिन कल गर्ने प्रयास गरेँ तर लागेन मनमनै निकै रिस उठेर पनि आयो सोचेँ यहि नम्बरले गर्दा हाम्रो सम्बन्धमा दरार बनेको थियो । त्यो कुरालाई त्यहीँ साची राखी नम्बर डिलिट गरिदिएँ । शुक्रबारको दिन थियो म ऋतिपुर दादाकोमा थिएँ । नयाँ नम्बरबाट कल आयो । मीठो मसिनो बोलीबाट अँग्रेजीमा सोधियो हेलो हाउ आर यू ? मैले प्रति उत्तर फर्काएँ । आइ एम फाइन । वाट एवाउट यू तर माफ गर म चिनेननि । ल बिर्सिएको मलाई ? म नर्बदा भित्रभित्रै खुशी लाग्यो र नम्बर डिलिट गरेकोमा गल्ती पनि । कति छिटै नकरात्मक सोच आएछ र किन डिलिट गरेछु भन्ने लाग्यो । तर दादाको कोठा हुनाले त्यो खुशी र ग्लानिलाई थाति राख्दै मैले भनेँ म पछि कल गर्छु है नर्वदा । त्यसपछि त हामी फेसबुकको च्याटिङको सट्टा सिधै फोन र म्यासेज गर्न थाल्यौँ । यसरी केही समयसम्म खुशी नै थियो र हामी एक अर्काको भविष्यलाई लिएर चिन्तित यति दिनहरु बिद्यै थिए, केही महिना पश्चात एक्कासी उनको म्यासेज आयो पुरा पढ्न नपाउँदै मत छाँगाबाट खसेजस्तै भएँ । हात गोडा पुरै गले जस्तो मानौँ केहि छिनको लागि सास नै रोकिएको जस्तो भएँ । म्यासेजमा यस्तो लेखिएको थियो ।
सरी जेम्मस अब हामी कल म्यासेज गर्न सक्दैनौँ र म्यासेज पछि मैले तुरुन्तै कल गरेँ यसको कारण जान्न खोजेँ अनि भोलि भन्छु भन्दै फोन राखिन् । भोलि कतिबेला होला भन्ने मनमा कौतुहलता लागिरह्यो र भोलिपल्ट बिहानै कल गर्दा लागेन । दिउँसोतिर उनी आफैँले फोन गरिन् । मेरो बारेमा सबै मामुले थाहा पाउनु भएछ । म तिमीसँग बोल्छु र फेसबुक चलाउँछु भनेर, अब म फोन चलाउँदैन भनिन् । अनि बिस्तारै बिस्तारै फोनबाट फेसबुकमै फर्किने र गफ गर्न थाल्यौँ । केहि दिन पश्चात उनले मलाई एउटा प्रस्ताव राखिन् । जेम्स म एउटा कुरा भन्छु मान ल । म निसंकोच हुन्छ भनिदिएँ । उनको प्रस्ताव यस्तो थियो – जेम्स आजदेखि तिमी तिम्रो फेसबुक र ट्वीटरमा भएको फोटोहरु डिलिट गर है अनि अबदेखि मलाई साथीको नजरले हेर है प्लिज । मैले हुन्छ, तर मेरो पनि एउटा सर्त छ भनेँ । उनले भनिन् कस्तो सर्त ? र मैले भनेँ तिमी र म एक पटक भेट्नु पर्छ ।
उनले भनिन् प्लिज कर नगरन यो कुरामा, म गर्न सक्दिनँ । म जिद्दि गरिरहेँ । अन्त्यमा उनले भनिन्, यसरी नै जिद्दि ग-यौ भने मै ब्लक गर्छु । विश्वास नै लागेको थिएन, ५ वर्षदेखिको सम्बन्ध करिब दैनिक ६-८ घण्टाको च्याट हाइ देखि लिएर बिहे सम्मको वार्तालाप आज आएर त्यो पनि यति सजिलै अन्त्य होला भनेर केही छिनपछि फेसबुक खोलेर हेरेँ साँच्चिनै ब्लक गरिएको रहेछ । बेहोसनै होलाजस्तो भएँ, मन मस्तिष्कले काम गर्न छाड्यो । तर पनि मन सम्हालेर ट्वीटरमा म्यासेज गरेँ । प्लिज ब्लक नगरन भनेर । पाँच वर्ष लामो सम्बन्धलाई पाँच सेकेन्डमै अन्त्य नगरन । कल्पना बाहिरको कुरा भयो । केहि छिन् अर्ध मङ्गन भएर सोचेच् संसारकै दुःखी मान्छे कोहिछ भने त्यो हो म । सम्बन्ध जति लम्बिँदै गयो टुट्दा त्यति नै क्षति हुँदो रहेछ । अनि म पनि फेसबुक आइडी डिएक्टिभेट गरेँ । सोचेँ हाम्रो सम्बन्धमा कहाँनिर सन्तुलन बिग्रियो यसको जवाफ अहिलेसम्म पाउन सकेको छैन । यहि प्रश्न उनीलाई त्यर्साउन चाहन्छु । मेरो गल्ती के हो जान्न चाहन्छु ।
यात तिम्रो नियति नै यस्तै हो । दिन बिते महिना बिते उनी मसँग सम्पर्कमा बसिनन् र म पनि तर अनौटो ढंगले उनलाई खोजिरहेँ । म साँचिकै सिक भएँ । मलाई रहरहरुको वहर लाग्नै छाड्यो । कुनै मसँग कमिटेड हुन सकेनन् र म एडिकेट हुँदै गएँ । उनी कहाँ छिन् कस्तो अवस्थामा छिन् थाहा छैन । भर्चुवल दुनियाँबाट गायव भएपनि तर मन मुटुबाट कहिल्यै गायव भइनन् ।