सिआईजीले सन्धिखर्कमा सूचना तथा सुशासन अभियान सम्बन्धि कार्यक्रम गर्ने

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । सूचनाको अधिकारलाई जनचेतना फैलाउदै यसको कार्यान्वय गरेमा मात्रै समाजमा सुशासन कायम हुने मुल नारा सहित आफनो अभियान अगाडी बढाएको सूचना तथा सुशासन अभियान, सिआईजीले भोली शनिवार सदरमुकाम सन्धिखर्कमा ब्यापक कार्यक्रम गर्ने तयारी गरेको छ । 
कार्यक्रममा सूचनाको हकका अभियन्ता मुक्ति नाथ भुसालद्धारा लिखित दोस्रो पुस्तक सिआईजी र अर्घाखाँची लोकार्पण गरिनुको साथै सूचनाको हकका राष्टिय तथा अन्तराष्टिय जगतमा चर्चित अभियन्ता टंकराज अर्यालबाट यस सम्वन्धमा सहभागीहरुलाई जानकारी गराउने योजना रहेको छ । 
कार्यक्रम प्रमुख जिल्ला अधिकारी सहित सम्पूर्ण सार्वजनिक निकायका प्रमुख तथा सूचना अधिकारीहरु लगायत बिभिन्न संघ संस्थाहरुलाई निम्ता गरिएको र कार्यक्रमको आवस्यकिय तयारी पुरा भईसकेको सिआईजीले जानकारी गराएको छ । कार्यक्रम ठिक ११ बजे देखि सन्चालन हुन गई ४ बजे समापन हुने बुझिएको छ ।

अन्य समाचारहरु