फुदवाङमा भलिबल प्रतियोगिता सम्पन्न

पहिलो प्रकाशित मिती २०७३ पौष ८ 

विक्रम पाण्डे समान्ता

फुडवाङ – सन्धिखर्क, अर्घाखाँची । शिक्षा स्वाश्थ्य , सिप र रोजगारीको आवश्कता , दिगो विकाश र राष्ट निर्मामा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ प्याराडाइज युवा क्लवको आयोजनामा  शुक्रबारबाट सन्धिखर्क नगरपालिका तथा गाबिस स्तरीय भलिबल प्रतियोगिता सुरु भइ शनिबार सम्पन्न भएको छ । प्रतियोगिता सन्धिखर्क नगरपालिका वार्ड न-९ फुदवाङ वजारमा सुरु भएको हो ।
 प्रतियोगितामा ११ समुहको सहभागिता रहेको थियो  । यता उदघाटन सत्रको कार्यक्रम जिल्ला भलिबल सघंका अध्यक्ष दिपक परियारको प्रमुख  आतिथ्यता , साहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्री र सबुज गणका गणे्श शाहको विशिष्ट आतिथ्यता रहेकोे थियो  । कार्यक्रममा क्लवका सस्थापक अध्यक्ष अशोक थापा , साना किसान कृषी तथा सहकारी सस्थाका प्रबन्धक विष्णु प्र। मरासिनी , फुलबारी रिसोर्टका प्रबन्धक सिद्धी भट्टराई , कालिका फर्निचर उद्योगका गोपाल प्र भुसाल , शिबलाल रायमाझी , अनिता थापा   ब रसाईली , नयाँ एफ एमका  विक्रम पाण्डे लगायतको आतिथ्यता  रहेको  थियो ।
 यता शुक्रबार  प्याराडाइज युवा क्लव विरुद्ध जनजागृती युवा क्लब विच भएको पहिलो खेलमा २४ ,२१  र २५ ,२१ ले  जनजागृती युवा क्लब जगत विजेता भएको  थियो   । दोस्रो खेलमा जुकेना गा वि स र खाचिकोट भलिबल समुहको खेलमा । २५ ,१२ र २७ , २५ ले  जुकेना गाविस विजय भएको थियो  । त्यस्तै प्याराडाइज युवा क्लब सी  र ठाडा खेलकुद विकास समिति विच भएको  तेस्रो खेलमा २५ , १२ र २५ , २३ ले ठाडा खेलकुद विकास समिति विजय भएको छ ।
 खेल शनिबार पनि  भएको थियो । उद्घाटन सत्र  क्लवका अध्यक्ष अमृत थपाको अध्यक्षता र सचिव सुदीप केसीको सन्चालनमा सम्पन्न भएको थियो ।
भने यता आज शनिबारको पहिलो खेल जुकेना गा वि स र सितापुर भलिबल समूह , दोस्रो खेल स।न।पा ७ र श्री जनजागृती युवा क्लब  तेर्सो खेल प्याराडाइज युवा क्लब ए र डिभर्ना भलिबल समूह  र चौथो खेल  धारापानी भलिबल समूह र ठाडा खेलकुद विकास समिति विच भयो । 
शविबार भएको खेलमा प्रथम , द्धितीय र तृतीय हुन सफल समुहको टुंगो लगाएको थियो  । प्रतियोगितामा ठाडा खेलकुद विकास समिति प्रथम , जुकेना गाविस द्धितीय , र प्याराडाईज युवा क्लव ए तृतीय भएका छन् । सफल प्रथम , द्धितीय र तृतीय हुन सफल समुहले क्रमश नगद रु. १५,००० , १०,००० र ५,००० को साथै मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । भने यता उत्कृष्ट लिपm्टर जुकेना गाविसका शिवम परियार र उत्कृष्ट खेलाडी जुकेना गाविसकै सूर्य सारु घोषीत भएका छन् । दुबै उत्कृष्ट खेलाडीले नगद रु. १,००० र प्रशंशा पत्र प्राप्त गरेका छन् । प्रतियोगिता २ दिन सम्म चलेको थियो ।