प्रधानमन्त्री पुष्पकमल दाहालले टोखाको ग्राण्डी अस्पतालमा उपचाररत नेकपा (मसाल) का अध्यक्ष मोहन बिक्रम सिंहलाई भेटी उनको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन्।
आइतबार बिहान अस्पताल पुगेर प्रधानमन्त्रीले कम्युनिष्ट आन्दोलनको अग्रज नेता सिंहलाई भेट गरेका हुन्।
भेटमा प्रधानमन्त्रीले नेता सिंहको उपचारमा सरकारले आवश्यक सहयोग गर्ने बताए।
सुगर, फोक्सोमा पानी लगायतका समस्याका कारण विगत चार दिनदेखि ग्राण्डी अस्पतालमा उपचाररत ८१ वर्षीय सिंहको उपचारपछि स्वास्थ्यमा राम्रो सुधार आएको अस्पतालले जनाएको छ।