गाविस सचिवले कामकाज ठप्प पारेर धर्ना बस्दा सेवाग्राही मर्कामा


अर्घाखाँची जिल्लाका गाविस सचिवले कामकाज ठप्प पारेर जिल्ला विकास समिती अर्घाखाँचीमा धर्ना दिएका छन । कार्यालयको लेडर प्याड र छाप जिल्ला विकास समितीमा बुझाएर जिविसमै धर्ना दिन थालेको आज ६ दिन वितिसकेको छ ।


कार्यसम्पादन आधारमा प्रोप्साहन भत्ता दिने अघिल्लो सरकारको निर्णय कार्यान्वयन नभएको भन्दै सचिवहरु आन्दोलित बनेका हुन ।

सरकार आफैले गरेको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै तत्काल उक्त निर्णय कार्यान्वयन गर्नुपर्ने उनिहरुको माग रहेको छ 


स्थानिय तह पुनःसंरचना कार्यान्वयनको चरणमा रहेको बेला अरु निकायका कर्मचारीले सय प्रतिशत प्रोप्साहन भत्ता बुझिसकेका छन, गाविस सचिव हक हित संरक्षण केन्द्र नेपाल अर्घाखाँचीका अध्यक्ष रुकेन्द्र पालुङ्गेले भने, फिल्डमा नै रहेर सवै मन्त्रालयको कामकाज सम्हाल्ने हामीलाई झन उपेक्षा गरिएको छ 


कार्य सम्पादनको आधारमा दिने भनेको प्रोप्साहन भत्ता रोक्नुपर्ने कुनै कारण छैन, सचिवहरु भन्छन,