कोमल/ गज़ल

     कोमल /गज़ल
चाँदनी नै थियौ मेरी आमा
पावनी नै थियौ मेरी आमा
धप्प बल्थ्यो अहो ! आभा तिम्रो
अञ्जनी नै थियौ मेरी आमा
भारती भै गर्यौ विद्या दान 
लेखनी नै थियौ मेरी आमा
कष्ट सारा हर्यौ माया गर्दै
मोहनी नै थियौ मेरी आमा
घामपानी छल्यौ छाता बन्दै
ओढनी नै थियौ मेरी आमा
साथ छोड्यौ छिटै एक्लो पारी
आँगनी नै थियौ मेरी आमा
जिन्दगानी अँधेरो भो ऐले
रोशनी नै थियौ मेरी आमा
आँसु बर्सिन्छ ज्यादै सम्झेर
धड्कनी नै थियौ मेरी आमा
बहरे रमल -३
    कोमल भट्ट
चन्द्रागिरी नगरपालिका,
वा.नं.२१-पुरानो नैकाप
  काठमाडौँ
हाल:- न्युयोर्क