त्रिबि निर्णय अनुुसार स्वबियुु निर्वाचन गर्न माग गर्दै पाणिनि क्याम्पस प्रमुुखलाई ध्यानकर्षण पत्र

बिष्णुु ठकुुरी
सन्धिखर्क । अनेरास्वबियु पाणिनि बहुमुुखी क्याम्पस कमिटि सन्धिखर्कको बिस्तारित बैठक सम्पन्न भएको छ । बैठकले आसन्न स्वबियु निर्वाचन तोकिएको मितिमा गर्नका लागि क्याम्पस प्रशासनलाई ध्यानाकर्षण पत्र बुुझाएको छ ।
क्याम्पस कमिटि सहसंयोजक सागर परियारको अध्यक्षता, सदस्य रामचन्द्र श्रेष्ठको सञ्चालन रहेको कार्यक्रममा अनेरास्वबियु जिल्ला कमिटि उपाध्यक्ष नबिन केसीको प्रमुुख आथित्यता रहेको थियो । त्यस्तै अनेरास्वबियुु जिल्ला कमिटि सचिव बसन्त श्रेष्ठ, सहसचिव बिष्णुु ठकुुरी लगायतको आथित्यता रहेको थियो । कार्यक्रममा बोल्दै अनेरास्वबियुु जिल्ला कमिटि उपाध्यक्ष नबिन केसीले नेपाली विद्यार्थीको हकहित र अधिकारका लागि शैक्षिक आन्दोलनको अगुवाई गर्दै लोकतन्त्र, शान्तिपूर्ण समावेशी राजनीति, गणतन्त्र, न्याय, समानता र सामाजिक सुरक्षाका लागि ऐतिहासिक स्वबियुु निर्वाचन बिगत ८ वर्ष देखि स्वतन्त्र बिद्यार्थी युुनियनको चुुनाव नहुुुँनु निक्कै दुुखद अवस्था भएकाले निर्धारित मितिमै स्वबियुु निर्वाचन गर्नुपर्ने बताउनुुभयो । जिल्ला कमिटि सचिव बसन्त श्रेष्ठले पञ्चायती शासकलाई घुँडा टेकाएर प्राप्त भएको नेपाली विद्यार्थी आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धिको रुपमा रहेको स्वबियुु निर्वाचन रहेको भन्दै त्रिबि सिनेटले सार्वजनिक गरेको कार्यतालिका अनुसार गर्नुुपर्ने अनेरास्वबियुुको माग रहेको बताउनुुभयो । 
ध्यानाकर्षण पत्र बुुझाउँदै क्याम्पस कमिटि सहसंयोजक सागर परियारले त्रिबि सिनेटको कार्यतालिका अनुुसार निर्वाचन गर्नुपर्ने बताउनुुभयो । उहाँले तत्कालै स्वबियुुु निर्वाचनको तयारीमा लाग्न क्याम्पस प्रमुुखको ध्यानाकर्षण गराउनुुभयो ।