स्ववियु निर्वाचन नजिकिदै जाँदा अर्घाखाँचीमा विद्यार्थी सङ्गठनहरुका गतिविधि तीब्र

सन्धिखर्क, अर्घाखाँची ( रेडियो अर्घाखाँची) । आसन्न स्व.वि.यु.निर्वाचनको मिति नजिकिदै जाँदा अर्घाखाँची जिल्लामा कृयाशिल  विद्यार्थी सङ्गठनहरुले आफ्ना गतिविधिलाई तीब्र पारेका छन् ।
आगामी फागुन १४ गते स्व.वि.यु.निर्वाचन गर्ने गरि टि.यु.ले चुनावि कार्यक्रम घोषणा गरे सङ्गै यतिबेला जिल्लामा अस्थित्वमा रहेका विद्यार्थी संगठनहरुले जित आफ्नो पोल्टामा पार्नको निम्ति क्याम्पसमा आफ्ना गतिविधिलाई तिब्रता दिएका हुन् ।
अर्घाखाँचीमा खासगरी नेबि सङ्घ,अनेरास्ववियु,अनेरास्ववियु छैठौं र अनेरास्ववियु क्रान्तिकारीले आफ्नो संगठनको जित सुनिस्चित रहेको दाबी गर्ने गरेका छन् ।उनिहरुले दैनिक जसो भेला प्रशिक्षण संगै तोकिएकै मितिमा चुनाव गर्नुपर्ने भन्दै क्याम्पसको ध्यानाकर्षण लगायतका कार्यक्रम गरिरहेका छन् ।
शताशिन दलका विद्यार्थी संगठनहरुले क्याम्पसमा फ्री वाइफाइ जोन राख्ने योजनाका साथ भोट मागिरहदा अलि फरक नारा  वैदेशिक हस्तक्षेप र बिखण्डनवादका विरुद्ध संघर्ष गरौं,शैक्षिक समानताका लागी अखिल छैठौंलाई बिजयी गराऔ eGg]  मुल नारा लिएर चुनावी मैदानमा उत्रिएको अखिल छैठौं अर्घाखाँचीले आज पाणिनी बहुमुखी क्याम्पस बि.बि.एस प्रथम र तेस्रो बर्षमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
भुवन खनालको अध्यक्षता हिम्मत खनालको स्वागत मन्तव्य र बिष्णु के.सी.को सन्चालनमा सम्पन्न भएको प्रशिक्षण भेलामा मन्तव्य राख्दै अखिल छैठौंका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराईले युवा जनशक्तिलाई बिदेशिको गुलामी बनाउने निति र निहित स्वार्थमा फसेर देशको अस्थित्व बेच्नेहरूका विरुद्ध सबै विद्यार्थी एक हुनु अहिलेको आबस्यकता रहेको उल्लेख गर्दै राष्ट्रियताको पक्ष र शैक्षिक माफियाका विरुद्ध काम गर्ने सङ्गठनलाई भोट दिनुपर्नेमा जोड दिनुभएको थियो ।
अखिल छैठौंका जिल्ला सचिवालय सदस्य पुष्पा गैरे,सदस्य शुशिला घिमिरे, सल्लाहकार पबित्रा आचार्य , र अभिनव चौहान ले सहजीकरण गर्नुभएको भेलाले अमृता भुसालको अध्यक्षतामा २५ सदस्यीय अखिल छैठौं बि.बि.एस.प्रथम बर्ष इकाई समितिको गठन गरेको छ ।
नवगठित समितिको उपाध्यक्ष पबित्रा पराजुली ,सचीव शुनिल आचार्य,सह-सचीव भावना श्रेष्ठ र कोषाध्यक्षमा सपना श्रेष्ठ  चयन हुनुभएको छ ।
यस्तै अखिल छैठौंले आजै बि.बि.एस.तेस्रो पुष्पा गैरेको अध्यक्षतामा २१ सदस्यीय इकाई समितिको गठन गरेको छ ।
जसको उपाध्यक्ष,सचीव,सह -सचीव र कोषाध्यक्षमा क्रमशः एन्जिला पुन,संगीता कुवर ,अनु खनाल र शुसिला घिमिरेलाई  निर्बिरोध चयन गरेको अखिल छैठौंका जिल्ला उपाध्यक्ष बिष्णु के.सी.ले जानकारी दिनुभएको छ ।