पहिलो प्रकासित मिती: माघ २६, २०७३
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको धनचौर ५ रातामाटा निबासी ३४ बर्षिय कल्पना भुसालको हत्याका अभियुक्तलाई सर्वस्व सहित जन्म कैद सजाय भएको छ ।
धन्चौरका बर्ष ३५ का गणेश भुसाल र निजका सहोदर बुबा ५९ बर्षिय खेमराज भुसाल लाई जिल्ला अदालत अर्घाखाँचीका जिल्ला न्यायाधीश केशब प्रसाद बास्तोलाको इजलासले मुलुकी एन ज्यानसम्बन्धी महल १३ नं को देहाय ३ बमोजिम सर्बस्व सहित जन्म कैदको फैसला गरेको हो ।
सोही घटनाको सुचना पाएर पनि त्यसलाई लुकाउने छिपाउने प्रयास गरेको भनी सोही ठाउँका चमकला भुसाल र कमला आचार्य लाई मुलुकी एन ज्यान सम्बन्धीको महल २५ नं .बमोजिम जनही २० बीस रुपैयाँ जरिवाना समेत हुने निर्णय गरिएको बताइएको छ । निज कल्पना भुसाललाई असौज १८ गते सोही ठाउँ निबासी गणेश भुसाल र खेमराज भुसालले हत्या गरि झिमरुक नदिमा फालेको अबस्थामा प्रहरीले भेटाई अभियोग दर्ता गरि मुद्दा चलाएको थियो भने अदालतले थुनामा राखी मुद्दा चलाएको थियो।