कम्युनिस्ट अनेकता नै नेपालीको दुर्भाग्य !

  -संजिव कार्की
 विश्व कम्युनिस्ट आन्दोलनका महान हस्ती लेनिन र पुष्पलालको जीवनको एउटा संयोग उस्तै छ, दुरुस्तै छ । यो संयोग दुखद संयोग, तर दुरगामी प्रभाव र हैसियत प्रदान गर्ने संयोग । लेनिनको राजनीति , लेनिनका दाजु अलक्जेनडरलाई रुसी जारसाहीले मृत्युदण्ड दिएपछि शुरु भएको थियो भने, पुष्पलालको राजनीतिक जीवन पनि आफ्ना दाजु गंगालाललाई राणाशाहीले मृत्युदण्ड दिएपछि प्रारम्भ भएको मानिन्छ । 
 
दाजु गंगालाललाई अन्तिम श्रद्धाञ्जली दिदैं पुष्पलालले भन्नु भएको कुरा यस्तो थियो-