भारतको उत्तरप्रदेश राज्यमा आज विधानसभाका लागि पहिलो चरणको निर्वाचन भइरहेको छ ।
राज्यको पश्चिमी क्षेत्रका १५ जिल्लाका ७३ सीटका लागि आज निर्वाचन हुन लागेको हो ।
नेपालसँग सीमा जोडिएको भारतीय उत्तरी राज्यमा मूलतः समाजवादी पार्टी र कांग्रेसको गठबन्धन, भारतीय जनता पार्टी र बहुजन समाज पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा रहेको छ ।
राज्यमा सत्तारुढ समाजवादी पार्टीमा आएको विवादका कारण उत्तरप्रदेशको नतिजामा फरक आउन सक्ने आंकलन भइरहेका बेला निर्वाचन सुरु भएको हो ।
पहिलो चरणमा ८४० जना उम्मेदवार मैदानमा रहेका छन् । चुनावमा विकासको मुद्दाका अतिरिक्त जातीय र धार्मिक समीकरणले पनि असर पार्न सक्ने अनुमान गरिँदैछ ।
सन् २०१२ को विधानसभामा अधिकतर सीटमा समाजवादी पार्टीले जिते पनि सन् २०१४ को लोकसभामा भने बीजेपीले अधिक सीट हत्याएको थियो । (एजेन्सी)