अखिल नेपाल शिक्षक संघ अर्घाखाँचीको तेस्रो जिल्ला अधिवेशन सन्धिखर्कमा सम्पन्न, अध्यक्षमा भुसाल निर्वाचीत

श्यााम घिमिरे
सन्धिखर्क, अर्घाखाँची  ।  ”शिक्षा निति र शैक्षिक ब्यबस्थापनमा समय सापेक्ष परीबर्तनको अभियान” निशुल्क अनिवार्य ब्यबहारीक र गुणस्तरीय शिक्षा अखिल नेपाल शिक्षक संघको आब्हान  भन्ने मुल नाराका साथ अखिल नेपाल शिक्षक संघ अर्घाखाँचीको तेस्रो जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दे आज सन्धिखर्कमा सम्पन्न भएको छ । 
अधिवेसनले अर्घा रजस्थल माबीका प्रधानाध्यापक शालीकराम भुसालको अध्यक्षतामा १७ सदस्यीय जिल्लाकार्य समितिको निर्बिरोधरुपमा  चयन  गरेको छ । 
जसको उपाध्यक्षमा कृष्ण बन्जाडे,महिला उपाध्यक्ष गिता बेल्बासे,सचिब दलबहादुर केसी,कोषाध्यक्ष बिष्णु खनाल,र सह सचिबमा कमला थापालाई निर्वाचित गरेको छ । 
यस्तै अधिवेसनले समितिको सदस्यहरुमा बिष्णुमाया भुसाल,रामकृष्ण घिमिरे,रामलाल भुसाल,हिमलाल खनाल,लेखनाथ बन्जाडे, रमेश भुसाल, ईन्द्रमणी भुसाल,पिताम्बर खनाल,बामदेब आचार्य,बाबुराम खनाल र खिमलारायण पाण्डेलाई निर्बिरोध रुपमा चयन गरेको छ । साथै अधिवेसनले गिता केसीको संयोजकत्वमा १७ सदस्यीय महिला बिभागको समेत गठन गरेको छ भने कमल प्रसाद घिमिरेको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समितिको समेत मनोनयन गरेको छ जसको सदस्यहरुमा क्रमशः खिमानन्द बेल्बासे,चोपलाल घर्ति,शिबा पौडेल,भबिश्वर बन्जाडे,जुमलाल खनाल र शिबहरी भट्टराई रहनु भएको छ । त्यस्तै अधिवेसनले झबिन्द्र भट्टराई,कमल खनाल,गोबिन्द घिमिरे र उमकला खनाललाई केन्द्रिय प्रतिनिधिमा  चयन गरेको छ ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दे अखिल नेपाल शिक्षक संघका केन्द्रिय अध्यक्ष सानुभाई कार्कीले शिक्षा निति र शैक्षिक ब्यबस्थापनमा समय सापेक्ष परिबर्तनको अभियानमा जुट्नुपर्ने भन्दै ब्यबहारीक र बैज्ञानीक शिक्षा सहितको निःशुल्क,अनिबार्य, र गुणस्तरीय शिक्षाको सरकारले ग्यारेन्टी गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।
 शिक्षालाई स्रोतको रुपमा नहेरी दायीत्वको रुपमा लिनुपर्ने भन्दै अध्यक्ष कार्कीले राज्यले डलरलाई हेरेर होईन नेपालको भूमिलाई हेरेर शिक्षा दिनुपर्ने बताउदै पैसाको लोभले शिक्षामा चलखेल गरीएमा त्यो नेपालको लागी ठुलो अभिसाप हुने भन्दै अधिकार र कर्तब्य को लागी सबै शिक्षकहरुको एकता अपरीहार्य भएको बताउनु भएको थियो । देशमा भएका सबैखाले परीबर्तनहरुमा शैक्षीक क्षेत्रको महत्वपुर्ण भुमिका रहेकोले अझैपनी राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता ,राष्ट्रिय स्वाभीमानीताको पक्षमा एकजुट भएर अगाडी बढ्नु पर्ने कुरामा जोड समेत दिनु भएको थियो ।
यस्तै कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा मन्तब्य राख्दै जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत क्षेत्रीले आस्थाको आधारमा जो जहाँ रहेपनी बालबालीकाहरुको पठन पाठनमा शिक्षक हरुको ठुलो जिम्मेवारी रहेको भन्दै शिक्षा क्षेत्रले हुने खानेलाई भन्दा हुदा खानेलाई बढी प्राथमीकता दिई अगाडी बढ्नु पर्ने कुरामा जोड दिनु भएको थियो । 
कार्यक्रकमा शिक्षक महासंघका केन्द्रिय उपाध्यक्ष हरीप्रसाद भुसाल,राष्ट्रिय जनमोर्चाका नेता सागर केसी,नेपाल शिक्षक संघका जिल्ला प्रतिनिधि गोपाल पन्थी,नेपाल राष्ट्रिय शिक्षक संघका केन्द्रिय प्रतिनिधी दिनामणी बेल्बासे,एकिकृत अखिल नेपाल शिक्षक संघठनका उपाध्यक्ष युबराज भुसाल, अखिल नेपाल शिक्षक संघठनका जिल्ला अध्यक्ष शोभाखर पन्थी, अखिल नेपाल शिक्षक संघका निबर्तमान केन्द्रिय अध्यक्ष नरेन्द्र बहादुर थापा,भुपु जिल्ला अध्यक्ष कमलप्रसाद घिमिरे,जालन्धर बन्जाडे,प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रिय सदस्य श्याम घिमिरे लगाएतले मनतब्य राख्दै अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो । 
यसै बिच  कार्यक्रमा सेबानिबृत्त शिक्षकहरु नरेन्द्र बहादुर थापा,जिबनारायण खनाल,जालन्धर बन्जाडे र रुमलाल पौडेललाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो । 
कार्यक्रम संघका का.बा अध्यक्ष कृष्ण प्रसाद बन्जाडेको अध्यक्षता शिक्षक हिमलाल खनालको स्वागत मन्तब्य र संघका सचिब दलबहादुर केसीको सन्चालनमा सम्पन्न भएको पत्रकार श्याम घिमिरेले  खबर पठाउनु भएको छ  ।