अर्घामा एमाले, माओवादी परित्याग गरि ५० जना कांग्रेसमा प्रवेश

प्रेमनारायण आचार्य
अर्घा, अर्घाखाँची  । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका वडा नम्बर १३ अर्घामा एमाले, माओवादी लगायतका विभिन्न पाटी परित्याग गरि ५० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।
नेपाली कांग्रेस सन्धिखर्क नगरपालिका वाड नम्बर १३ को आयोजनामा पार्टी प्रवेश, अन्तरक्रिया तथा छलफल कार्यक्रम अर्घाको बिहारमा सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि कांग्रेस जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानले छिटै स्थानीय निकायको निर्वाचन हुने भएकोले निर्वाचनको लागि तयारी अवस्थामा रहन आग्रह गर्नु भयो ।
उहाँले संगठन सुदृढीकरणका लागि सबै लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति केसबराज कुवर, नगर सभापति बिनोद आचार्य, अर्घाखाँची काठमाडौ सम्पर्क सदनका सचिव धर्मराज खनाल , कांग्रेसका आमन्त्रित जिल्ला सदस्य भेसबहादुर बिसि, शोभाकर कुवर, वाड नम्बर १२ का सभापति झबिन्द्र खड्का , १४ का सभापति खडानन्द आचार्य, पुर्ब सभापति देबकीनन्दन भुसाल , शिक्षक संघका जिल्ला सचिव माधव आचार्य, पत्रकार महासंघका सचिव प्रेम आचार्य, लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा बयोबृद्ध प्रजातान्त्रिक सेनानी टोप बहादुर हमाल , भुवानन्द चुदाली, टोपनारायण भुसाल , चेतकला मरासिनी लगायतलाई सम्मान गरिएको थियोे । कार्यक्रम वडा सभापति नारायण चुदालीको अध्यक्षता, गिरबहादुर राना भाटको स्वागत र नेत्रप्रसाद मरासिनीको सञ्चालनमा सम्पन्न भएको थियो ।