ग्रिसमा दोस्रो विश्वयुद्धमा राखिएको एक शक्तिशाली बम निष्क्रिय बनाइने भएको छ ।
ग्रिसको थेस्सालोनिकी शहरमा दोस्रो विश्व युद्धको समयमा राखिएको बमलाई निष्क्रिय बनाउनकै लागि त्यस शहरका करीब ७० हजार व्यक्तिलाई सुरक्षित स्थानमा सार्न लागिएको छ ।
बम करीब पाँच सय पाउन्ड वजनको भएको र यो ग्रिसमा भेटिएको अहिलेसम्मको सबैभन्दा ठूलो रहेको ग्रिसका अधिकारीहरुले जनाएका छन् ।
बम गत हप्ता सडक मर्मतका क्रममा फेला परेको थियो । बम भेटिएको स्थानबाट दुई किलोमिटर वरिपरिका मानिसलाई सारेर बम निष्क्रिय बनाउन लागिएको जनाइएको छ । (एजेन्सी)