धारापानीमा विभिन्न पार्टी परित्याग गरि २५ जना एमालेमा प्रवेश

अर्जुन भुसाल 
धारापानी, अर्घाखाँची फागुन १ । अर्घाखाँची जिल्लाको धारापानी गाविसमा राष्टिय जनमोर्चा, कांग्रेस, माओवादी केन्द्र, परित्याग गरि २५ जना कार्यकर्ता एमालेमा प्रवेश गरेका छन । नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले एक भव्य कार्यक्रमका विचमा पार्टीमा स्वागत गर्नु भएको छ  ।
 प्रवेश गर्नेहरुमा राजमोका  स्थानीय नेता विष्णु नेपाली, भुपलाल भुसाल, विरवहारदुर अधिकारी, खडक वहादुर खड्का, पीतवहादुर खडका, खिमवहादुर खडका, यमकला केसी, कमला केसी, विष्णु खडका, विपना शाह, विकास केसी, प्रकाश केसी, असोक विक, विजय केसी, हर्क वहादुर विक, प्रेम वहादुर विक, विमकुमारी शाह, हिमकला विक रहेका छन् । त्यस्तै नेपाली काग्रेग परित्याग गरि  टिका नेपाली,, तथा तिर्था खड्का र गीता खडका माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमाले धारापानी गाउँ कमिटीको आयोजनामा भएको  पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष आचार्यले अवको स्थानीय निर्वाचनमा एमाले पहिलो शक्ति हुने दावी गर्दै निर्वाचनको तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उहाँले एमालेमा प्रवेश गर्नेहरुको देशव्यापी रुपमा लहर नै चलिरहेको भन्दै एमालेले  दुइ तिहाइ वहुमत ल्याएमा मात्र देशमा विकासले फड्को मार्ने बताउनुभयो । 
कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटीका उपाध्यक्ष जीवनारायण कोइराला, जिल्ला कमिटी सदस्य शम्भु पाख्र्रेलले मन्तव्य राखेका थिए ।  कार्यक्रम गाउँ कमिटिका अध्यक्ष हरी केसीको अध्यक्षता र गोविन्द खडकाको सञ्चालनमा सम्पन्न भएको थियो ।