कांग्रेस निकट प्रेस युनियनले सुर्यप्रसाद भुसाललाई पत्रकार महासंघ अर्घाखाँचीको अध्यक्ष पदमा उठाउने

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन अर्घाखाँचीले अध्यक्ष सुर्यप्रसाद भुसाललाई भोली हुन गईरहेको नेपाल पत्रकार महासंघ अर्घाखाँचीको चुनावमा अध्यक्ष पदका लागि उठाउने निर्णय गरेको छ । 
नेपालको संविधान २०७२ घोषणा भएको अवसरमा अर्घाखाँचीको सन्धिखर्कमा वीरेन्द्र केसी बाँया, सुर्य भुसाल दाँया । फाइल तस्बिर 
प्रेस युनियन अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न बैठकले प्रेस युनियन अर्घाखाँचीका अध्यक्ष सुर्यप्रसाद भुसाललाई भोली हुने महासंघ अर्घाखाँचीको चुनावमा अध्यक्ष पदको लागि उठाउने निर्णय गरेको हो । साथै बैठकले यदि सबैको सहमतिमा महासंघको कार्यसमिति चयन भए सहमतिको नेतृत्व वीरेन्द केसीले गर्ने निर्णय गरेको छ । 
बैठकमा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु मुस्कान, वरिष्ठ नेता कमल भुसाल, सचिव विष्णु भुसाल, सदस्य नेत्र भट्टराई, हेमन्त बेल्वासे, पत्रकार महासंघका पुर्व अध्यक्ष विष्णु भुसाल लगायतको उपस्थित रहेको थियो । जिल्लाका कांग्रेस नेताहरु प्रेस युनियनको नेतृत्व ल्याउन लागी परेका छन् । 
साथै भुसाललाई पत्रकार महासंघका वर्तमान सचिव प्रेमनारायण आचार्य र प्रेस युनियनका केन्द्रिय पार्षद वीरेन्द्र केसीले सहयोग गर्ने भएका छन् । 
नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाको छैटौं जिल्ला अधिबेशन भोली फाल्गुन ३ गते मंगलबार जिल्ला बिकास समितिको सभाहल सन्धिखर्क सभागृहमा बिहान ८ बजेदेखि हुँदैछ ।