छत्रगञ्जको खैरेनीमा देववाणी आधारभुत विद्यालयको वार्षिकोत्सब तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

पशुपति श्रेष्ठ 
छत्रगञ्ज, अर्घाखाँची । नेपाल राष्ट्रिय देववाणी आधारभुत विद्यालय छत्रगञ्ज ९ खैरेनीले आफ्नो ५८ औँं वार्षिकोत्सब तथा पुरस्कार वितरण कार्यक्रम विविध कार्यक्रमका बिच सम्पन्न गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद पौडेलको सभापतित्व शिक्षक पार्वता पन्थीको स्वागत मन्तव्य शिक्षक अनिता पोख्रेलको स्वागत गित बाट सुरु भएको उक्त उत्सवमा प्रमुख आथित्यता नेपाली काङ्ग्रेस गाउँ कार्य समितिका सभापति बाल कृष्ण पोख्रेल विशिष्ट अतिथिहरुमा राम प्रसाद पराजुली जनजागृतीआधारभुत विद्यालयका प्रधानध्यापक गोपाल प्रसाद श्रेष्ठ अन्य अतिथिहरुमा इन्द्रमान श्रेष्ठ,लिलाधर पौडेल ,कमला पराजुली, यशोदा पोख्रेल,पार्वता भुसाल, विमला राना पत्रकार पशुपति श्रेष्ठ लगायतको उपस्थिती रहेको सो उत्सवको विच विचमा विविध साँस्कृतिक कार्यक्रम सहित कविता वाचनले गर्दा उत्सवले रौनकता पाएको थियो ।
विद्यालयमा आफ्नो कार्यकाल समाप्त गरि बस्नु भएका भुतपुर्व शिक्षक दिनामणी भुसाललाई उच्च कदर गर्दै अविर र दोसल्ला ओढाएर मायाको चिनो स्वरुप करुवा बेला सहित सम्मान गरिएको थियो ।
अभिभावक तथा विद्यार्थीहरुको भव्य उपस्तिथि रहेको उत्सवमा विद्यालय प्रथम,दोस्रो,तेश्रो हुने क्रमशः रोजिना बञ्जाडे,गौरी पराजुली,सुनिता श्रेष्ठ लगायत कक्षा १ देखि ८ सम्मका प्रथम,दोश्रो र तेश्रो हुनेलाइ कापी-कलम, अविर सहित पुरस्कार स्वरुप वितरण गरिएको थियो ।
विद्यालयका प्रधानध्यापक पर्शुराम खनालले गत वर्षको आय ब्याय २८ लाख ४७ हजार १ सय ३७ रुपैयाँ ६० पैसा भएको स्पष्ट पार्नुभएको थियो । कार्यक्रम शिक्षक राजु पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।