पत्रकार महासंघ अर्घाखाँचीको छैठौं अधिबेशनको सन्धिखर्कमा शुरु, नयाँ नेतृत्वको लागि सहमती हुन सकेन् (तस्बिर)

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । ने.क.पा.माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझीले देशको राष्ट्रिय राजनीति तरलताको खाडलमा फसेको भन्दै यसको निकासको निम्ति सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीको छैठौं अधिबेशनको आज सन्धिखर्कमा उदघाटन गर्दै नेता रायमाझीले यस्तो बताउनुभएको छ ।
उहाँले नेपालको हरेक परिवर्तनको निम्ति सन्चार जगतको मुख्य हात रहेको बताउँदै संविधान कार्यान्वयनको निम्ति पनि पत्रकारहरुले सकारात्मक भुमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ ।
पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थिको अध्यक्षता, उपाध्यक्ष हिम बहादुर जि.सी.लेकालीको स्वागत मन्तव्य र सचीव प्रेम आचार्यको सन्चालनमा सम्पन्न भएको उदघाटन शत्रमा महासङ्घका केन्द्रिय सदस्य झलक गैरे,जिल्ला न्यायाधीश केशव प्रसाद बास्तोला, निमित्त प्रमुख जिल्ला अधिकारी शंकर भुसाल,स्थानीय विकास अधिकरी प्रदीप पौडेल,नेपाली काङ्ग्रेसका जिल्ला सभापति बिष्णु खनाल मुस्कान, एमाले सचीव राम बहादुर चौहान, माओवादी केन्द्रका जिल्ला सम्योजक ठाकुर बि.क., राष्ट्रिय जनमोर्चाका क्षेत्रीय उपाध्यक्ष शेर बहादुर बि.सी., राप्रपाका दिपक कुवर, माओवादी बिप्लभका जिल्ला सदस्य खिम घर्ती, नंया शक्ति नेपालकि नेत्री यमुना भुसाल, नेपाल परिवार दलका अध्यक्ष डिल्लीराज भुसाल, अर्घाखाँची उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, अन्तर पार्टी महिला संजाल कि अध्यक्ष शुसिला गैरे,पत्रकार महासंघ  अर्घाखाँचीका सस्थापक अध्यक्ष बिष्णु प्रसाद भुसाल र निवर्तमान अध्यक्ष निम बहादुर रिजालले शुभकामना मन्तव्य राख्दै पत्रकार राष्ट्रको सिमा बचाउने देखी उत्पिडनमा परेका जनताको पक्षमा काम गर्ने बर्दी बिनाको देशको सुरक्षाकर्मी भएकोले सोही अनुसार जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिनुभएको थियोे ।
अधिबेशनको बन्दशत्र भोलि बिहान ९ बजेबाट सन्धिखर्क सभाहलमा हुने आयोजकले बताएको छ ।
एक सय छत्तीस जना साधारण सदस्य रहेको महासंघ अर्घाखाँचीको नयाँ नेतृत्वको लागि अहिले सम्म प्रेस युनियनको तर्फ बाट सुर्य भुसाल, प्रेस चौतारीको तर्फबाट हिम बहादुर जि.सी.लेकाली, प्रेस सेन्टरको तर्फ बाट अशोक खनाल र प्रगतिशील पत्रकार संघको तर्फ बाट टेक बहादुर थापा गरि चार जनाको उम्मेदवारी घोषणा भइसकेको छ । यद्यपि सर्वसहमतीबाट नयाँ कार्यसमिति चयन गर्ने प्रयास पनि भइरहेकोे आयोजकले जनाएको छ ।