पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा अनेरास्वबियुुको प्रेम पत्र तथा गजल प्रतियोगिता सम्पन्न

बसन्त श्रेष्ठ
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अनेरास्वबियु पाणिनी बहुमुखी क्याम्पस कमिटिको आयोजनामा मंगलवार प्रेम दिवशको अवसरमा प्रेम पत्र तथा गजल प्रतियोगिता सम्पन्न भएको छ । 
प्रतियोगितामा नेकपा एमाले जिल्ला कमिटि सचिव रामबहादुर चौहानको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटि सचिव चौहानले अनेरास्वबियुको शैक्षिक आन्दोलनको योग्दानलाई कसैले मेट्न नसक्ने बताउनुुभयो । चौहानले जिल्लाको शैक्षिक धरोहरको रुपमा पाणिनि बहुमुखी क्याम्पसमा अनेरास्वबियुको इतिहास निरन्तर जारी रहने भन्दै आगामी स्वबियु निर्वाचनमा अखिललाई पहिलो शक्ति कायम राख्न बिद्यार्थी नेताहरुलाई आग्रह गर्नुभयो । 
कार्यक्रममा अनेरास्वबियु पूर्व राष्ट्रिय परिषद् सदस्य तथा नेकपा एमाले क्षेत्र नम्बर २ का प्रचार बिभाग प्रमुख हृदय कुमार भुसालले अनेरास्वबियुको शैक्षिक आन्दोलनको भूमिका इतिहासमा कसैले मेट्न नसक्ने बताउनुभयो । भुसालले बिद्यार्थीको शैक्षिक सवाल, स्वतन्त्रताको सवालमा अनेरास्वबियुलाई कसैले रोक्न नसक्ने बताउनुुभयो । कार्यक्रममा अनेरास्वबियु नेता बसन्त श्रेष्ठले लामो समय पछि हुन लागेको स्वबियु निर्वाचनमा लाग्न सम्पूर्ण बिद्यार्थीहरुलाई आग्रह गर्दै अनेरास्वबियुको बिजयलाई सुनिश्चित गर्न सम्पूर्ण बिद्यार्थीहरुलाई आग्रह गर्नुभयो । उहाँले बिद्यार्थीको हकको वकालत गर्न अनेरास्वबियु सदैब तयार रहेको भन्दै उहाँले अखिलको बिराशतलाई कायम राख्नुपर्ने बताउँनुभयाो । 
मंगलवार भएको प्रेम पत्र प्रतियोगितामा प्रकास सुनार प्रथम, पुष्पा गैरे द्धितिय, सागर भट्टराई तृतिय र हिमाल पराजुली सान्त्वना भएका छन् । गजल प्रतियोगितामा सागर भट्टराई प्रथम, कुलराज बञ्जाडे द्धितिय, प्रकाश सुनार तृतिय र बिराज मुखिया सान्त्वना भएका हुन् । कार्यक्रममा बिद्यार्थी नेताहरु नबीन केसी, गिताराम बिष्ट, सिद्धार्थ केसी, बिष्णु ठकुरी लगायतको आथित्यता रहेको थियो । प्रतियोगिताको निर्णायक मण्डलमा उपप्रध्यापकहरु रामलाल भुसाल, मञ्जु घिमिरे र बिद्यार्थी नेता गिताराम बिष्ट रहनुुभएको थियो । कार्यक्रम अनेरास्वबियु पाणिनि बहुमुखी क्याम्पस कमिटि सहसंयोजक सागर परियारको अध्यक्षता, क्याम्पस कमिटि सदस्य ठाकुर भुसालको सञ्चालन र रामचन्द्र श्रेष्ठको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । त्रिभुवन बिश्व बिद्यालयले स्वबियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरे लगत्तै जिल्लामा बिद्यार्थी संगठनहरुले निर्वाचन सम्बन्धी बिभिन्न गतिबिधी सञ्चालन गर्दै आएका छन्  ।