सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेपाल पत्रकार महासंघ अर्घाखाँचीकाे छैठाैं जिल्ला अधिबेशनको बन्द शत्रबाट नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन बाहिरिएको छ ।
प्रेस युनियनका अध्यक्ष सुर्य भुसालको निर्देशनपछि युनियनले बिशेष रणनिती बनाउने भन्दै बाहिरिएको हो ।
बाम गठबन्धन बनेपछि प्रेस युनियन बन्द शत्रबाट बाहिरएकाे हो ।
एक सय छत्तीस जना साधारण सदस्य रहेको महासंघ अर्घाखाँचीको नयाँ नेतृत्वको लागि अहिले सम्म प्रेस युनियनको तर्फ बाट सुर्य भुसाल, प्रगतिशील पत्रकार संघको तर्फबाट टेक बहादुर थापा, प्रेस चौतारीको तर्फबाट हिम बहादुर जि.सी.लेकाली र प्रेस सेन्टरको तर्फबाट अशोक खनाल गरि चार जनाको उम्मेदवारी घोषणा भइसकेको छ । यद्यपि सर्वसहमतीबाट नयाँ कार्यसमिति चयन गर्ने प्रयास पनि भइरहेकोे छ ।