भारतद्वारा एकैपटक १०४ वटा उपग्रहको प्रक्षेपण गरेर कीर्तिमान

भारतले एकैपटक १०४ वटा  उपग्रह (स्याटलाइट्स)को प्रक्षेपण गरेर कीर्तिमान बनाएको छ ।
भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो)ले एकैपटक १०४ वटा  उपग्रह प्रक्षेपण गरेर कीर्तिमान बनाएको हो ।
कुनैपनि देशले अन्तरिक्ष अभियानअन्तर्गत् एकैपटक यति धेरै उपग्रह प्रक्षेपण गरेको यो पहिलोपटक हो ।
यसअघि, सन् २०१४ मा रुसले एकैपटक ३७ उपग्रहको प्रक्षेपण गरेर कीर्तिमान राखेको थियो । तर, भारतले रुसलाई पछि पार्दै १०४ ओटा उपग्रह प्रक्षेपण गरेको हो ।
इसरोले प्रक्षेपण गरेका १०४ उपग्रहमध्ये तीनओटा भारतका हुन् । बाँकी एक १०० ओटा इजरायल, काजकस्तान, नेदरल्यान्ड, स्वीट्जरल्यान्ड र अमेरिकाका हुन् ।
यस अभियानबाट भारतले कीर्तिमान राख्नुका साथै एक सय करोड रुपैयाँ ती देशबाट आम्दानी गरेको पनि बताइएको छ । (एजेन्सी)