दलिय बाडफाँडबाट पत्रकार महासंघ अर्घाखाँचीकाे नयाँ कार्यसमिति चयन हुँदै

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेपाल पत्रकार महासंघ अर्घाखाँचीकाे छैठाैं जिल्ला अधिबेशनको बन्द शत्रबाट सर्वसहमतीबाट नयाँ कार्यसमिति चयन गर्ने प्रयास नजिक पुगेको छ ।
दलिय सहमती अनुसार अध्यक्षमा एमाले,उपाध्यक्ष माओवादी केन्द्र,सचिब नेपाली कांग्रेस, सह-सचिव नयाँ शक्ति, कोषाध्यक्ष राष्ट्रिय जनमोर्चा, महिला उपाध्यक्ष राजमो, समावेसी सह-सचिव बिप्लव माओवादीबाट नयाँ कार्यसमिति बनाउने मोटामोटी सहमती भएको छ । तर पनि अहिले सम्म दलभित्र पनि विवाद जारी रहेको छ ।  
एक सय छत्तीस जना साधारण सदस्य रहेको महासंघ अर्घाखाँचीको नयाँ नेतृत्वको लागि प्रेस युनियनको तर्फबाट सुर्य भुसाल, प्रगतिशील पत्रकार संघको तर्फबाट टेक बहादुर थापा, प्रेस चौतारीको तर्फबाट हिम बहादुर जि.सी.लेकाली र प्रेस सेन्टरको तर्फबाट अशोक खनाल गरि चार जनाको उम्मेदवारी दिएका थिए । 
यस्तै स्वतन्त्र पत्रकार संघका अध्यक्ष हरि भुसालले भने दलिय बाडफाँड भएकाे भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । 
उता आज बिहान बाम गठबन्धन बनेपछि नेपाल पत्रकार महासंघ अर्घाखाँचीकाे छैठाैं जिल्ला अधिबेशनको बन्द शत्रबाट नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन बाहिरिएको थियो । 
६ वर्ष अर्थात दुई कार्यकाल नेतृत्व गरेर शोभाखर पन्थी महासंघबाट बाहिरिएका छन् । 
world news