सन्धिखर्क । फाइल तस्बिर
हरि प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची । प्रजातन्त्र दिवस अर्घाखाँचीमा विशेष कार्यक्रम गरी मनाईने भएको छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा आज भएको सर्वदलीय वैठकले ६७ औं प्रजातन्त्र दिवस मुल समारोह समितिको गठन गरेको हो ।
समितिले यही ६,७ र ८ गते विभिन्न कार्यक्रमहरु गरी दिवस मनाउने निर्णय गरेको हो ।
जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधीहरु तथा संचारकर्मीहरुको सहभागिता रहेको बैठकले यही फागुन ६,७र८ गते जिल्लाभर दिपावली गर्ने, भेली बिहान जिल्ला अस्पतालमा रहेका विरामीहरुलाई हर्लिक्स वितरण गर्ने, र सात गते प्रभातफेरी सहित प्रवचन कार्यक्रम आयोजना गर्ने लगायतका निर्णयहरु गरेको छ ।
कार्यक्रमलाई सफल र भव्य रुपमा सम्पन्न गर्नका लागि सरकारी कार्यालयका कर्मचारीहरु, राजनीतिक नेता कार्यकर्ताहरु, विद्यार्थीहरु सहित आम बजारबासीहरुलाई सक्रियताका साथ कार्यक्रममा सहभागी बन्न अनुरोध गर्ने निर्णय समेत आज गरिएको छ ।