दलीय बाँडफाँडमा पत्रकार महासंघ अर्घाखाँचीको गठन गरेको भन्दै स्वतन्त्र पत्रकार संघले आन्दोलन गर्ने

सन्धिखर्कमा । फाइल तस्बिर 

शिव बेल्वासे
सन्धिखर्क, अर्घाखाँची । न्युनतम चुनावी प्रक्रिया समेत अवलम्वन नगरी एकलौटी ढंगले पत्रकार महासंघको गठन गरिएको भन्दै स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीले आन्दोलन गर्ने भएको छ ।
आफुहरु चुनाव मैदानमा रहेको भएपनि जवरजस्त चुनावी प्रक्रिया समेत बन्द गरी दलीय बाँडफाँडमा नयाँ कार्य समिति गठनको नाटक गरिएको भनदै संघले आन्दोलन गर्ने भएको हो ।
नयाँ एफ.एम. संग कुरा गर्दै स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीकी उपाध्यक्ष अम्विका श्रेष्ठले उम्मेदवारी नै राख्न नदिइ चुनाव भएमा आफुहरु हार्ने डरले गरिएको नाटकको पर्दाफास गर्ने र आफुहरुले यो कार्यसमितिलाई नै नमान्ने बताइन ।
अवैध बाटोबाट आएको कार्य समितिलाई मान्नु आफुहरु बाध्य नहुने अम्विकाको भनाई छ । यसै विषयमा छलफल गर्नको लागि संघले भोली विहान सन्धिखर्कमा आकस्मिक बैठक समेत बोलाएको छ । 
यस्तै लोकतान्त्रिक पद्धतिमा जान कायरता देखाउदै एकात्मक शैलीमा दलीय बाँडफाँडका आधारमा पत्रकार महासंघ अर्घाखाँचीको गठन गरेको भन्दै स्वतन्त्र पत्रकार संघका केन्द्रीय पार्षद घिमिरेको आपत्तिजनक अभिव्याक्ति, जिल्लाको  पत्रिकारिता जगतलाई राजनीतिक दलको विर्ता वनाउन खोजेको आरोप लगाएका छन् ।