केरुङ्गामा आयोडिन नुन युक्त स्वास्थ्य शिक्षा जनचेतना मुलक कार्यक्रम सम्पन्न

विक्रम पाण्डे
केरुङा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको केरुङ्गा गाबिसमा आज आयोडिन नुन युक्त स्वास्थ्य शिक्षा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
लुम्बिनी सामाजिक बिकास केन्द्र अर्घाखाँची अन्तरगत सुआहारा दुईका सुपर भाईजर सन्जय पाण्डेको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा केरुङ्गा स्वस्थ्य चौकीका ईन्चार्ज अहेव शोभाखर खनाल, अनमी कमला खनाल, महिला स्वास्थ्य स्वम सेविका शान्ता आचार्य, शान्ता आचार्य, शान्ता बिक सरीता पाण्डे लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमबाट सुआहाराको सयोजन हुने गरी केरुङ्गा स्वस्थ्य चौकी अन्तर्गत केरुङ्गा गाबिस वार्ड न एक दीप आधारभुत अर्चल थुम अर्घाखाँची गाउँ घर क्लिनिक र स्वस्थ्य आमा समुहले आफ्नो आजको मासिक बैठकबाट फेब्रुअरी मन्थ साथै आयोडिन मन्थ मनाउने निर्णय समेत गरेको छ ।  कार्यक्रममा २७ जनाको सहभागीता रहेको थियो ।
world news