पत्रकार महासंघ अर्घाखाँची गठनको चौतर्फी अलोचना र विरोध, स्वतन्त्र पत्रकार संघद्वारा समिति खारेजीको माग

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेपाल पत्रकार महासंघ अर्घाखाँचीको छैठौं जिल्ला अधिवेशन दलीय बाँडफाँडमा गठन गरेको भन्दै स्वतन्त्र पत्रकार संघले समिति खारेजीको माग गर्दै शसक्त आन्दोलनको चेतावनी दिएको छ । 
स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीको शुक्रबार सन्धिखर्कमा बैठक बसी एक विज्ञप्ती जारी गर्दै विधानसम्मत तुरुन्त बन्दशत्र र चुनावी प्रक्रिया पुन: शुरु गर्न समेत माग गरेको छ । आफुहरु चुनाव मैदानमा रहेको भएपनि जवरजस्त चुनावी प्रक्रिया समेत बन्द गरी दलीय बाँडफाँडमा नयाँ कार्य समिति गठनको नाटक गरिएको भन्दै संघले आन्दोलन गर्ने चेतावनी दिएको हो ।
विज्ञप्ती अगाडि भनिएको छ; नेपाल पत्रकार महासंघ अर्घाखाँचीको छैठौं जिल्ला अधिबेशनको खुल्ला शत्र यही फागुन ३ गते र आंशिक बन्दशत्र (प्रतिवेदन पेश) ४ गते सन्धिखर्क स्थित जिविस सभाहलमा गरिएको र  प्रतिवेदनहरु पास भइसकेपछि १ घण्टाको लागि शुन्य समय भन्दै ४ गते साँझ करीव ६ वजेतिर स्थगित भएको बन्दशत्र अहिलेसम्म शुरु हुन नसकेको अवस्थामा तुरुन्त बन्दशत्र शुरु गर्न हामी जोडदार माग गर्दछौं । बन्दशत्र नै नगरी, आवश्यक चुनावी प्रक्रिया समेत अवलम्वन नगरी प्रजातान्त्रिक प्रक्रियाको घाँटी निमोठेर विधि विधान विपरीत बाहिरै कार्य समिति बनेको सुन्दा हामी आश्चर्यचकित भएका छौं । यसरी बाहिर विधि विधान बिपरित बनाएको भनिएको कार्य समिति हामीलाई कुनैपनि हालतमा मान्य नहुने भएकाले विधानसम्मत तुरुन्त बन्दशत्र र चुनावी प्रक्रिया शुरु गर्न जोडदार माग गर्दछौं ।
यस्तै उक्त विज्ञप्ती भनिएको छ;-  चुनावी प्रक्रिया शुरु हुने पर्खाइमा रहेका पत्रकारहरुलाई जानकारी नै नगराई एकाएक मध्यरातमा कुनै पार्टी कायालय वा होटलबाट दलीय भागवन्डाको आधारमा फेसवुक मार्फत कार्य समिति सार्वजनिक गरिनुले आगामी दिनमा कस्तो नजिर कायम गर्ला ? पत्रकारीताको गरिमा कसरी उँचो रहन सक्ला ? अनि पत्रकारीता गर्नेहरुलाई समाजले कसरी अपनत्व महशुश गर्न सक्ला ? गम्भिर प्रश्नहरु खडा भएका छन् । यसर्थ यो अवैध प्रक्रिया खारेज गरी विधानसम्मत प्रक्रिया अगाडी बढाउन माग गर्दै यो स्वघोषित अवैध समिति खारेज नभएसम्म हामी शसक्त आन्दोलनमा होमिन बाध्य हुने जानकारी समेत गराउन चाहन्छौं । 
पत्रकार महासंघ अर्घाखाँची गठनको चौतर्फी अलोचना र विरोध

न्युनतम चुनावी प्रक्रिया समेत अवलम्वन नगरी एकलौटी ढंगले नेपाल पत्रकार महासंघ अर्घाखाँचीको नयाँ समिती गठन गरिएको भन्दै जिल्लाभर, बाहिर तथा सामाजिक सन्जालहरुमा चर्को आलोचना र विरोध भईरहेका छन् । 
यस्तै लोकतान्त्रिक पद्धतिमा जान कायरता देखाउदै एकात्मक शैलीमा दलीय बाँडफाँडका आधारमा पत्रकार महासंघ अर्घाखाँचीको गठन गरेको भन्दै   पत्रिकारिता जगतलाई राजनीतिक दलको विर्ता वनाउन खोजेको भन्दै आलोचना गरेका हुन् । 
उनिहरुले अवैध बाटोबाट आएको कार्य समितिलाई तुरुन्त खारेज गर्नुपर्ने, पत्रकारीता पेशा राजनीतिकबाट टाढा रहनुपर्ने, राजनीतिक दलको आडमा महासंघको समितीमा रहेका र सद्स्यता लिएका गैर पत्रकारलाई निषेध गर्नुपर्ने माग गरेका छन् । 

यो पनि हेर्नुस्  
नेपाल पत्रकार महासँघ अर्घाखाँचीको अधिवेशन नाँगोनाँच : नेपाल पत्रकार महासंघ अर्घाखाँचीले लोकतान्त्रिक मुल्यमान्यता ठाडै कुल्चदै झण्डै ४० जना सदस्य रहेको स्वतंत्र पत्रकार संघ नेपालको तर्फवाट दिएको उम्मेदारी अनदेखी गरी निरंकुश राजनीतिक भागवन्डाका आधारमा कार्यसमिति चयन गरी सार्वजनिक गर्नु निन्दनीय भएको ठहर गर्दै उक्त निर्णायको हाम्रो स्वतन्त्र पत्रकार संघ नेपाल घोर विरोध गर्दछ ।  यदि महासंघ वास्तव मैं पत्रकारहरुको संगठन हो भने यो नौटंकी समिती तत्काल भंगगरी खुला प्रतिस्पर्धावाट वैधानिक समिती गठन गर्न जरुरी छ । 
जिल्लामा सक्रीय पत्रकार र संचालित मीडियावाट सदस्य चयन गर्नुको सट्टा शिक्ष पेशामा आवद्ध सरकारी कर्मचारी र राजनीतिक नेताका भरौटेलाई सोसफोसको आधारमा सदस्यता वितरण गरि संघले ठुलो भुल त गरेकै हो यदी महासंघको यो गतिविधि निरन्तर जारी रहे नेपाल पत्रकार महासंघको अस्थित्वमाथी नै विश्वास गर्ने आधार सखाप हुनेहुदा सक्रिय पत्रकारको पहिचान गर्न जरुरी छ भने कर्मचारी र दलीय नियुक्ति तत्काल वन्द गरी नयाँ समिती खारेज गर्न जरुरी छ । प्रेस स्वतंत्रता र विधिकों शासन कुल्चदै खुला निर्वाचन पद्धतिवाट समिती गठन गर्नुको सट्टा रातारात राजनीतिक कोटावाट पत्रकार महासंघको समिती चयन गर्नुले अर्घाखाँचीमा स्वतंत्र नागरिक र पत्रकारको औचित्य सखाप पार्ने खेल भईरहेको भान हुन गएको छ । जिल्लामा दशकौ देखी पेशागत पत्रकारिता गर्दै आएका पत्रकारलाई संघको सदस्यतादेखी वाहिर राखेर फेसवुके पत्रकार र राजनैतिक दलका आसेपासेलाई चयन गर्नु भनेको समग्र पत्रकारिता जगतमै धप्पा लगाउने नौटंकी वाहेक अरु केही हुने छैन ।
     डिल्लाराज घिमिरे 
       केन्द्रीय पार्षद 
स्वतन्त्र पत्रकार संघ नेपाल