कपिलवस्तुको शिवराज नगरपालिका । फाइल तस्बिर
बुटवल ( अर्घाखाँचीडट्कम) । कपिलवस्तुको खरेद्रपुरमा मोटरसाइकल दुर्घटना हुँदा अर्घाखाँची खिदिमका एक जना युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्घाखाँची जिल्लाको खिदिम गाविसका १९ वर्षीय महेश सुनार रहेका छन् । यस्तै घटनामा परी खिदिम – ९ २५ वर्षे प्रकाश सुनार घाइते भएका छन् ।
बिहीबार राति साढे ९ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु २१ प ५३५८ नम्बरको मोटरसाइकल जिल्लाको शिवराज नगरपालिका ३, खरेन्द्रपुर छालाफेक्ट्री नजिकै सुपादेउराली मोडमा अनियन्त्रित भई दुर्घटना भएको थियो । तीब्र गतिका कारण मोडमा अनिन्त्रित भई दुर्घटना भएको अनुमान गरिएको छ ।
साथै दुर्घटनामा परी घाइते भएका प्रकाशलाई चन्द्रौटास्थित संजीवनी सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको स्थानिय वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र प्रसाद भट्टराईले जानकारी दिएको संचारमाध्यममा बताइएको छ ।
मृतक महेशको शवलाई पोष्टमार्टमका लागि राति नै शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको थियो । उनीहरु दुवैजना खरेन्द्रपुरस्थित अर्घाखाँची सुनचाँदी पसलका कालिगढ थिए । उनीहरु घर गएर पसल आउन लागेको बेला दुर्घट्ना भएको बताइएको छ ।