जनज्योति मावि चुत्रावेशीले फाल्गुण १२ गते हाजीरी जवाफ प्रतियोगिता गर्ने

जनज्योति मावि चुत्रावेशीमा । फाइल तस्बिर 

हरि प्रसाद भुसाल 
सन्धिखर्क, अर्घाखाँची । जनज्योति मावि चुत्रावेशीले यही फाल्गुण १२ गते विहिवार बसपार्कमा रहेको आफनै विद्यालयमा हाजीरी जवाफ प्रतियोगिता सम्पन्न गर्ने निर्णय गरेको छ । 
सन्धिखर्क सदरमुकाम वरपर रहेको सरकारी बिधालय तथा बोडिड हरुलाई निम्ता गरि कक्षा १ देखि कक्षा ३ सम्मका बिधार्थीहरुको प्रतिनिधित्व गराई हाजीरी जवाफ सञ्चालन गर्ने तयारी भएको पिटिए अध्यक्ष मुक्तिनाथ भुसालले जानकारी दिएका छन् ।
आठवटा विद्यालयहरु बिच गरिने सो हाजीरी जवाफ प्रतियोगितामा प्रथम, द्धितिय, तिरतिय र सान्त्वना हुनेहरुका लागि नगद पुरस्कारको ब्यवस्था गरिने विद्यालयले जनाएको छ । 
विद्यालयका प्रधानाध्यापक पशुपती भुसालको अध्यक्षता र ब्यवस्थापन समिति अध्यक्ष धर्मराज बन्जाडेको प्रमुख आथित्यतामा बैठक समपन्न भएको हिन्दुखवर डटकममा खवर प्रकाशित छ ।

अन्य समाचारहरु