अर्घाखाँचीमा ६७ औं राष्ट्रिय प्रजातन्त्र दिवस प्रभात फेरीसहित विभिन्न कार्यक्रम गरी मनाइयो (भिडियो, तस्बिर)

भिडियो: बिनोद गैरे   
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । ६७ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा अर्घाखाँची जिल्लाको सन्धिखर्कमा शनिबार बिहान प्रभात फेरीसहित विभिन्न कार्यक्रम गरी मनाइएको छ।
विहान ८ बजे शान्तीबगैचाबाट जिल्ला स्थित राजनीतिक दलका नेता कार्यकर्ता, सरकारी तथा गैरसरकारी निकायका प्रमुखहरु, नागरिक समाजका अगुवा, सञ्चारकर्मी तथा सुरक्षा कर्मि प्रभात फेरी सहभागि भएका थिए।
प्रभात फेरीमा -याली शान्तीबगैचा, मस्जितलाईन, भक्तीटोला, बसपार्क, हललाईन, मिडीयाचोक, बैंकरोड हुदै टुडीखेल गएर जिविस सभाहलमा पुगेर कोण सभामा परिणत भएको थियो।
कोण सभामा सहभागी भएका स्थानीय र राजनीतिक दलका नेता कार्य कर्ताहरुले देशमा प्रजातन्त्र स्थापनाका लागि बलिदान गर्ने सहिदहरुलाई एक दिन मात्र नसम्झेर उनीहरुले सोचे जस्तो समृद्धसाली देश निर्मामा एकजुट भए मात्र सहिदहरुप्रतिको सच्चा श्रदान्जली हुने टिप्पणी गरेका थिए। कोणसभा शेषकान्त घिमिरेको सञ्चाालनमा सम्पन्न भएको थियो ।
प्रभात फेरी -यालीमा संसद दुमन थापा, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, स्थानिय विकास अधिकारी प्रदिप पौडेल, नेपाली कांग्रेसका जिल्ला सभापती विष्णुप्रसाद खनाल मुस्कान, उपसभापती शान्ता भण्डारी, सचिव विष्णुप्रसाद भुसाल, सदस्य सिता भुसाल, चन्द्रा गैरे, महिला संघका सचिव छमा कार्की, नेकपा एमालेका जिल्ला सचिव रामवहादुर चौहान, माओवादी केन्द्रका जिल्ला सहसंयोजक छमकुमारी खनाल लगायत विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, पत्रकार विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरण गर्दै प्रत्येक वर्ष फागुन ७ गते विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउने गरिन्छ । २००७ सालमा फागुन ७ कै दिन एक सय चार वर्ष लामो जहाँनियाँ राणाशासनको अन्त्य भई मुलुकमा प्रजातन्त्र वहालीको घोषणा भएको थियो ।