ढिकुरा समाज अर्घाखाँची – काठमाडौंको बनभोज कार्यक्रम तथा भेला सम्पन्न

काठमाडौं ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ढिकुरा गाबिसबाट जागिर, अध्ययन, स्थायी बसोबास तथा बिभिन्न कामको सिलसिलामा काठमाडौं आई बसेका ढिकुराबासीहरुको संस्था ”ढिकुरा समाज अर्घाखाँची – काठमाडौं”को बनभोज कार्यक्रम तथा भेला सम्पन्न भएको छ ।
६७ अौ प्रजातन्त्र दिवस एवम शनिबार पारेर आयोजना गरेको बनभोज कार्यक्रममा करिव २०० जना ढिकुराबासीहरुको उपस्थिती रहेको थियो । 
काठमाडौंको त्रिभुवन पार्कमा आयोजित बनभोज कार्यक्रममा एक अर्कामा परिचय आदान प्रदान, सांगीतिक प्रस्तुती गरी रमाइलो गरिएको थियो ।

अन्य समाचारहरु