निजामती कर्मचारी युनियन संघ अर्घाखाँचीको सातौ जिल्ला अधिवशेन सन्धिखर्क शुरु

घनश्याम पौडेल 
सन्धिखर्क, अर्घाखाँची । नेपाल निजामती कर्मचारी युनियन संघ अर्घाखाँचीको सातौ जिल्ला अधिवशेन अर्घाखाँची जिल्लाको सन्धिखर्कमा शुरु भएको छ । 
जिल्ला अधिवशेनको नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा मुस्कानले कर्मचारीलाई कसैको दबाब र स्वार्थ भन्दा माथी उठेर जनताको सेवामा अगाडी बढ्न आग्रह गरेका थिए ।
सन्धिखर्कको सभागृहमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, स्थानीय विकास अधिकारी प्रदीप पौडेल, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य कृष्ण प्रसाद तिमिल्सिना, आधिकारिक ट्रेड युनियनका सचिव राजेन्द्र राना, तरुण दलका अध्यक्ष नारायण खड्का, निजामती कर्मचारी संगठनका अध्यक्ष चिरञ्जिबी अधिकारी, पत्रकार हरि प्रसाद भुसाल लगायतले मन्तव्य राखेका थिए ।
साथै कार्यक्रम कर्मचारी युनियनका अध्यक्ष प्रकास भटराईको अध्यक्षता, बिष्णु भटराइको स्वागत र शेषकान्त घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु