प्रजातन्त्र दिवसको अबसरमा वाङ्लाको टुनिपोखरामा एक दिवसिय स्वास्थ्य शिविर सञ्चालन (तस्बिर)

विनोद गैरे
सन्धिखर्क, अर्घाखाँची । ६७ औ प्रजातन्त्र दिवसको अबसरमा अर्घाखाँची जिल्लाको  सन्धिखर्क नगरपालीकाको वाङ्ला स्थित टुनिपोखरा आधारभुत विद्यालयमा सन्धिखर्क नगरपालिका, सबुजगण म्यालपोखरी व्यारेक र जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले संयुक्त रुपमा एक दिवसिय स्वास्थ्य शिविर सञ्चालन गरि ६७ औं प्रजातन्त दिवस मनाएको छ ।
कार्यक्रममा श्रीमान् जिल्ला न्यायाधीश केवब प्रसाद बास्तोला, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, स्थानीय विकास अधिकारी प्रदिप पौडेल, राष्ट्रिय अनुसन्धानका देवेन्द्र खतिवडा, सन्धिखर्क नगरपालीकाका प्रमुख रामजी जोसी लगायतको उपस्थिति रहेको थियो ।
शिबिरमा जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डाक्टर जगन्नाथ तिवारी, डाक्टर हरि पन्थी लगायतको स्वास्थ्यकर्मी टोटीले त्यस क्षेत्रका ३१८जना विभिन्न उमेर समुहका बिरामीहरुको निशुल्क स्वास्थ्य जाँच गरी उनीहरुलाई निशुल्क औषधी बितरण गिरेको सबुजगणका गणपति लक्ष्मीभक्त श्रेष्ठले जानाकारी दिनुभएको छ ।