अर्घाखाँचीमा उत्कृष्ट कलम चलाएको भन्दै आचार्य सहितका पत्रकार पुरस्कृत तथा सम्मानीत

( पहिलो प्रकासित मिती: २०७३ फाल्गुन ७, शनिवार)
सन्धिखर्क, अर्घाखाँची । कर्मचारीका हक हित , सरकारी कार्यलयको सेवा प्रवाह र कर्मचारी ट्रेड युनियका बिषयमा उत्कृष्ट कलम चलाएको भन्दै हाम्रा सम्बाद्दाता (सहकर्मि) प्रेमनारायण आचार्य सम्मान तथा पुरस्कृत भएका छन ।  
  नेपाल निजामती कर्मचारी युनियन (संघ) जिल्ला कार्य समिति अर्घाखाँचीको सातौ जिल्ला अबिधेसनर्मा चारीका हक हित , सरकारी कार्यलयको सेवा प्रवाह र कर्मचारी ट्रेड युनियका बिषयमा उत्कृष्ट कलम चलाएको भन्दै पत्रकार  आचार्य सहितका सात जना पत्रकार सम्मान तथा पुरस्कृत भएका हुन ।  
  कर्मचारी युनियनले कान्तीपुर टेलिभिजनका रुद्रमणी भुसाल, रेडियो देउरालीका सुर्य भुसाल, नया एफएमका हरि भुसाल, अर्घाखाँची टेलिभिजनका तेजेन्द्र पाण्डे, अर्घाखाँची टाईम्सका नविन केसी र हिन्दु खबर डट कमका घनश्याम पौडेललालाई पुरस्कृत तथा सम्मान गरेको हो । 
 
पुरस्कृत तथा सम्मानित हुनेलाई नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल , प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले टिका सम्मान पत्र तथा नगदले पुरस्कृत तथा सम्मान गर्नु भएको हो । 
world news
नेपाल निजामती कर्मचारी युनियन (संघ) जिल्ला कार्य समिति अर्घाखाँचीको सातौ जिल्ला अबिधेसन सन्धिखर्कमा आज देखि सुरु भएको छ । 
सन्धिखर्कको सभागृहमा आज देखि सुरु भएको अबिधेसनको नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानले पानसमा दीप प्रज्वलित गरेर उद्घाटन गर्नु भएको हो । उद्घाटन समारोहमा मन्तब्य राख्दै कर्मचारीको हक हितका लागि नेपाली कांंग्रेस सधै भरि लागि रहेको बताउनु भयो । कसैको दबाब र स्वार्थ भन्दा माथी उठेर जनताको सेवामा अगाडी बढ्न आग्रह गर्नु भयो । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, स्थानीय विकास अधिकारी प्रदीप पौडेल, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य कृष्ण प्रसाद तिमिल्सिना, आधिकारिक ट्ेड युनियनका सचिब राजेन्द्र राना, तरुण दलका अध्यक्ष नारायण खड्का, निजामती कर्मचारी स.गठनका अध्यक्ष चिरञ्जिबी अधिकारी , पत्रकार हरि प्रसाद भुसाल लगायतले मन्तब्य राखेका थिए । 
कार्यक्रम कर्मचारी युनियनका अध्यक्ष प्रकास भटराईको अध्यक्षता, बिष्णु भटराइको स्वागत र शेसकान्त घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।