मैले आफ्नो ठानेका हरुसंग पो गाली रहेछ
लाखौ बुझ्झकी हरुको झुटो पो ताली रहेछ
थिझ्दैछ र अझै कति बर्खा कुर्दैन रे हिउद
कुहिए बिरुवा सबै दुर्योधन पो माली रहेछ
अहेले नै आझै बन्छ कि मेरो पनी महल
के बन्नु गाइको गोबरले कटेरो टाली रहेछ
अन्तिम महिना हो फुर्सद मिलायको मैले
सहदैनन मैना आजपनि के निहाली रहेछ ?
म पनि त परिश्रम मा नै त विश्वास गर्थे
यति बुझेर पनी तिम्रो आग्रह जाली रहेछ