नयाँ शक्ति पार्टी नेपाल अर्घाखाँचीको पुर्ण बैठक सन्धिखर्कमा सम्पन्न

बिष्णु प्रसाद भुसाल खुबी 
सन्धिखर्क, अर्घाखाँची । नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय सदस्य तथा अर्घाखाँची जिल्ला कार्यकारी समितिको पुर्ण बैठक सन्धिखर्कमा सम्पन्न भएको छ ।
बैठक केन्द्रिय कार्यकारी सदस्य तथा ५ न. प्रदेश सह संयोजक यमुना भुसालको प्रमुख आतिथ्यता र जिल्ला संयोजक गोकर्ण थापाको अध्यक्षता र संचालन भएको हो। बैठकमा केन्द्रिय परिषद सदस्य तथा जिल्ला उत्प्रेरक खिमबहादुर बि.क ,टोपबहादुर बलालको आतिथ्यता रहेको थियोे ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकामा संगठन बिस्तार र बस्तुगत अध्यन तथा सूचना तथा सञ्चारको क्षेत्रको बारेमा बिष्णु प्रसाद भुसालले प्रकाश पार्नु भएको थियो । त्यसै गरि प्रस्तावित  शीतगँगा नगरपालिकाको बारे बिष्णु ढुंगाना, मालारानी गाउँपालिकाको बारे जिन्दक खड्का र महेन्द्र सुनार, भुमेकाथानको बारे शालिकराम बन्जाडे र छ्त्रेस्वर गाउँपालिका बारे पुस्करनाथ आचार्य ले प्रकाश पार्नु भएको थियोे ।
युवा अभियान को बारेमा मनिष सिंगले र दलित शक्ति बारे दिनेश सुनारले विषय बस्तु बारे प्रस्तुत गर्नुभएको थियो।
बैठकले विभिन्न विषयमा छलफल तथा निर्णय गरेको छ ।यहीँ फाल्गुन २२ र  २३ गतेका दिन केन्द्रिय संयोजक डा.बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा रास्ट्रिय युवा अभियान अर्घाखाँचीको प्रथम जिल्ला अधिबेशन गर्ने भएको छ । 
घर घरमा नयाँ शक्ति अभियान लिएर  गाउँ गाउँमा संगठन बिस्तार तथा प्रचार प्रसार अभियान सुरु गरिसकेको र अझै तीब्र रूपमा लिएर जाने निर्णय गरेको छ । यसको लागि विभिन्न समिति पनि गठन गरेको छ ।