एनआईसी बैंक सन्धिखर्कद्धारा आखा अस्पतालाई आर्थिक सहयोग

अर्जुन भुसाल 
सन्धिखर्क, अर्घाखाँची  ।  एनआईसी एसिया बैंक सन्धिखर्क शाखाले आखा अस्पताल अर्घाखाँचीलाई मोतिया विन्दुको शल्यक्रियाका लागि आर्थिक सहयोग गरेको छ । वैंकको संस्थागत सामुदायिक कार्यक्रम अन्तर्गत रहेर आर्थिक सहयोग उपलव्ध गराएको  वैंकका  शाखा प्रवन्धक कृष्ण पौडेलले बताए ।
एनआइसी  वैंकका प्रवन्धकले आखा उपचार केन्दका अध्यक्षलाई चेक हस्तान्तरण गर्दै:- अर्जुन भुसाल 
प्रबन्धक  पौडेलले साठी हजारको चेक नेपाल नेत्र ज्योति संघ अर्घाखाँचीका अध्यक्ष  दलवहादुर केसीलाई हस्तान्तरण गरे । वैंकले आगमी दिनमा पनि विभिन्न सामाजिक काममा सहयोग पु-याउने लक्ष्य लिएको छ’ उनले भने, गरिव विपन्न वर्गका नागरिकको जीवस्तर उकास्ने गरि बेलाबेलामा विभिन्न कार्यक्रम सञ्चालन गर्दैजान्छौं  । उनले आखा उपचारको क्षेत्रमा  निरन्तर सहयोग उपलव्ध गराउदै जाने बताए ।  आखा शिविरमा १०१ जनाले मोतिया विन्दुको शल्यक्रिया गराएका छन् । 
रण अम्बिका शाह आखा अस्पताल भैरहवाकी वरिष्ठ आखा रोग विशेषज्ञ डा. लक्ष्मी मानन्दरले विरामीको शल्यक्रिया गरेकी थइन । शिविरमा  ३ सय ७१ जनाले  आखा जाँच गरि उपचार गराएको आखा अस्पताल अर्घाखाँचीका प्रमुख सागर घिमिरेले जानकारी दिए । 
११ जना  आखाका अन्य बिरामीले शल्यक्रिया गराएका थिए । आखा उपचार केन्द्रका अध्यक्ष दलबहादुर केसीले आखा अस्पतालमा विभिन्न सेवा सुविधाको विस्तारको तयारीमा लागेको बताए । उनले सधै भर अप्रेसन सेवा सञ्चालनमा ल्याउन पहल भइरहेको बताए । विभिन्न क्षेत्र र व्यक्तिको  सहयोगले आखा अस्पतालाई सञ्चालनमा ल्याउन सकिएको हो’ उनले भने, अस्पतलाई व्यवस्थित पार्न सहयोगको धेरै जरुरत छ ।