अर्घाखाँचीमा ३ दिने निशुल्क आँखा शिबिर सप्पन्न

 सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्ला आँखा अस्पताल अर्घाखाँची ,पाल्पा र लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान भैरहवा को संयुक्त आयोजनामा ३ दिने निशुल्क आँखा शिबिर सप्पन्न भएको छ । 
जिल्ला तथा जिल्ला बाहिर बाट आएका झण्डै ३ सय ५० जनाले आँखा जाँंच गराई औषधि उपचार गराएका थिए ।सो मध्ये १ सय जनाले आँखाको मोतिया बिन्दुको मेजर अप्रेसन गराएका थिए ।
कम उमेरका भन्दा स्वभाबिकै रुपमा जेष्ठ नागरिक हरु आँखा उपचार र अप्रेसनमा सहभागी भएपनी सबै उमेर समुहले यसबाट फाइदा लिएका थिए ।
बिगत झन्डै २ दशक देखि प्रजातन्त्र दिबसको समय पारेर सार्‍है ब्यबस्थित रुपमा निशुल्क आँखा शिबिर राखेर आम जनतालाई सेवा पुर्‍याएको छ।
बुढेसकालमा अब के आँखा अप्रेसन गर्नु पर्‍यो भनेर बसेको थिएँ ,सबैले जोर जबर्जस्ति गरेर पठाए अहिले त छंग देख्दछु नयाँ जीवन पो पाएजस्तो भएको छ बाँगी गा, बि ,स ,१ कर्नमारेका दोर्ण बहादुर खडका ले बताउनु भयो ।उहाँ जस्ता धेरैले अप्रेसन पछि नयाँ जीवन पाएको अनुभूति गरेका छन ।
शिबिरमा जिल्ला आँखा अस्पताल अर्घाखाँचीका डा. सागर घिमिरे ,डा. लक्ष्मी मानन्धर ,डा. सुन्दर राना ,डा. किरण ढुंगाना सहित १८ जनाको चिकित्सकहरु उपचारमा संलग्नता थियो ।
आँखा उपचारमा एन ,आइ ,सि ,यसिया बैक लिमिटेड सन्धिखर्क शाखाले स्थानिय स्वयंसेवक र सह आयोजकको भुमिका निर्बाह गरेको डा. सागर घिमिरेले बताउनु भयो।