म लड्न तयार छु |
– बाबु रोका मगर
नमस्ते म देशप्रेमी छोरो तर यस्ले तपाइलाई के फरक पर्छ र ? तर म तपाईंहरु मध्य एक हुँ यसले फरक पर्छ ! म यदी कुनै धनी वर्ग बाट हुन्थे या कुनै अपराधि, गुन्डागर्दी हुन्थे भने सबैले मलाई मन्चमा बोलाएर फुलामाला पहिरिदै स्वागत सम्मान गर्थे मलाई आफ्नो पार्टी मा जोड्थे तर यहाँ म जस्ता देशप्रेमी युवाहरुलाई अनादेखी गर्छन सताउछन र डराउछन पनि किनकी म देशप्रेमी छोरो हुँ त्यस्ले होइन म तपाइहरु मध्य एउटा देशभक्ती युवा हुँ त्यसैले यिनिहरु देशभक्ति, देशप्रेमी सँग डराउछन तपाइको ताकत सँग डराउछन तपाइको शक्ती सँग डराउछन अब समय आएको छ तपाइले तपाइको आफ्नो शक्ती प्रयोग गर्ने बेला ?
आखिर हामी देशप्रेमी के नै चाहन्छौं र ? हामिलाई बिखण्डन होइन एकता चाहिएको छ धर्म जातियता होइन राष्ट्रीयता चाहिएको छ हामिहरु यही त चाहन्छौ बस्ने लायकको एउटा सुन्दर अनि शान्ति देश होस एउटा इमान्दार देशभक्ती युवा के चाहन्छ? इमान्दारी पुर्वक काम गर्न चाहन्छ इमान्दारिता सँग आफ्नो परिवार पाल्न चाहन्छ आफ्नो परिवार सुख शान्ती सँग बाँचेको देख्न चाहन्छ वस यही त चाहन्छ ? र यसलाई पाउनका निमित्त म यो देशका सबै भन्दा शक्तिशाली सबै भन्दा धनी र सबै भन्दा भ्रष्ट्रचारी ब्याक्तिहरु सँग लड्नको लागी तयार छु | म लड्छु तर म एक्लै होइन हामी सबै मिलेर लड्ने छौ |
यो कुरा तपाइहरुले जती सक्नुहुन्छ शेयर गर्नुहोला किनकी हामी सँग प्रचार प्रसार गर्नका लागी टिभी छैन पत्रपत्रीका छैन सिदासादा जनताहरुलाई लालच देखाउने पैसा छैन हामी सँग केहिपनी छैन तर सच्चाइ यो हो कि हामिहरु आफ्नै भ्रष्ट्र गद्दार नेताहरु बाट वाक्क, दिक्क, प्याक्क भैसक्यौ | म देशप्रेमी छोरो हुँ यसले तपाइलाई के फरक पर्छ ? फरक यो कुराले पर्छ के तपाइ यो लडाइ लड्नको लागी तयार हुनुहुन्छ ? यदी तपाइ यो लडाइ लड्नको लागी तयार हुनुहुन्छ भने जित हाम्रो पक्का छ | चाहे यिनिहरु जती ठुलो शक्तिशाली हौन चाहे यिनिहरु सँग पैसामा नाच्ने गुन्डाहरु हौन,चाहे बन्दुक को शिकार किन हुन नपरोस या जतिसुकै पैसा होस ? यदी तपाईंले साँच्चै देशलाई माया गर्नुहुन्छ भने यो खबर तपाइले आफ्नो अन्य देशभक्ती, देशप्रेमी युवाहरुलाई पठाउनुहोस | अनि साथमा यो पनि बताउनुहोस कि तपाइ छिट्टै नेपाल लाई सही मार्गमा चलाउने एउटा देशभक्ति, राष्ट्रप्रेमी युवा हुनुहुने छ | यो आवाज सबैको मन मस्तिष्क बाट एकै स्वरमा निस्कन सकोस “जय देश भक्त आवाज”