पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा स्ववियु निर्वाचनको मतगणना जारी (पुरा विवरण सहित )

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा सम्पन्न भएको स्ववियु निर्वाचनको मतगणना जारी छ । 
समानुपातिक तर्फको मतगणनाको परिणाम अनुसार अनेरास्ववियु प्यानलले १९६, क्रान्तिकारीले १६४  र  ने.बि संघले १०६ मत प्राप्त गरेका छन् ।  ३ मत बदर भएका छन् । 
यस्तै प्रत्क्षय तर्फको गणना अनुसार अहिले सम्म:
सभापति:-
बसन्त श्रेष्ठ (छापेली) – १३९  
लक्ष्मण खड्का – १६२
सुरज रायमाझी-  
सचिब:-
सन्देश खनाल – १३० 
बर्जना खनाल- १६६ 
राधा पाण्डे – 
 
कोषाध्यक्ष:-   
भुबन खनाल – १३६ 
घनश्याम पौडेल – १६६ 
राजेन्द्र भुसाल – 
सदस्यहरु:-
प्रकाश राउत छेत्री- १३६ 
ठाकुर भुसाल – १४४  
पुष्पा बेल्बासे- १३२ 
शुशिल बेल्वासे – १७३ 
अनिशा सिंह ठकुरी- १७१
शर्मीला पन्थी- १५५ 
उता हिजो सम्पन्न स्ववियुको निर्वाचनमा मतगणना आचारसंहिता बिपरित भएको भन्दै अनेरास्ववियु र अखिल (छैठौं) को  बिरोधका कारण आज सम्मका लागि मतगणना कार्य स्थगित भएको थियो ।  
पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा सम्पन्न निर्वाचनमा ६३२ मध्ये ४६९ भोट खसेका थिए । १६३ जना अनुपस्थित रहेका थिए । 
अनेरास्वबियु र अनेरास्वबियु ( छैठौ) को संयुक्त प्यानल अनुसार सभापतिमा बसन्त श्रेष्ठ (छापेली) ,सचिबमा सन्देश खनाल ,कोषाध्यक्षमा भुबन खनाल सदस्यहरुमा प्रकाश राउत ,ठाकुर भुसाल र पुस्पा गैरे रहेका छन् । 
यस्तै स्ववियु चुनावमा नेविसंघ, क्रान्तिकारी प्रचण्ड, विप्लव र नयाँशक्ती विद्यार्थीको संयुक्त प्यानल अनुसार क्रान्तिकारी लक्ष्मण खड्काको नेतृत्वमा सभापती, नेविसंघका बर्जना खनाल सचिव, नेविसंघका घनश्याम पौडेल कोषाध्यक्ष, सदस्यहरुमा नेविसंघकै शुशिल बेल्वासे, अनिशा शाही ठकुरी र शर्मीला पन्थी रहेका छन् ।
c