पाणिनी बहुमुखी क्याम्पसको स्ववियु सभापति पदमा नेविसंघ र अखिल क्रान्तिकारी संयुक्त प्यानलबाट लक्ष्मण खड्का विजयी (सम्पूर्ण विवरण सहित)

निर्वाचन जितेपछि पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा स्ववियु सभापति लक्ष्मण खड्का ।  
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा सम्पन्न भएको स्ववियु निर्वाचनमा सभापति पदमा लक्ष्मण खड्का नेविसंघ र अखिल क्रान्तिकारी संयुक्त प्यानलबाट विजयी भएका छन् ।  
लक्ष्मण खड्का (क्रान्तिकारी) ले २४० लिएर सभापति पदमा विजयी भएका हुन् । र निकतम प्रतिद्वन्दी अनेरास्वबियु र अनेरास्वबियु ( छैठौ) का संयुक्त प्यानलका बसन्त श्रेष्ठ (अनेरास्ववियु ) ले १९६ मत प्राप्त गरेका छन् । यस्तै सभापति पदका अर्का उमेदवार सुरज रायमाझीले ३ मत प्राप्त गरेका छन् ।  
यस्तै सचिब पदमा नेविसंघका बर्जना खनाल २६१ मत प्राप्त गरी विजयी भएकी छन् ।  प्रतिद्वन्दी अनेरास्ववियुका सन्देश खनालले १८४ मत प्राप्त गरेका छन् । यस्तै सचिब पदका अर्का उमेदवार सारदा पाण्डेले ११ मत प्राप्त गरेका छन् ।      
साथै कोषाध्यक्ष पदमा नेविसंघका घनश्याम पौडेलले २५७ मत मत प्राप्त गरी विजयी भएका छन् । प्रतिद्वन्दी अनेरास्ववियु छैठौका भुवन खनालले १९२ मत प्राप्त गरेका छन् । यस्तै कोषाध्यक्ष पदका अर्का उमेदवार राजेन्द्र भुसालले ५ मत प्राप्त गरेका छन् । 
सदस्य पदमा नेपाल विद्यार्थी संघका शुशिल बेल्वासेले २५७ मत,  अनिशा सिंह ठकुरीले २५३ मत, शर्मीला पन्थीले – २४४ मत प्राप्त गरी विजयी भएकी छन् । यस्तै  प्रतिद्वन्दी अनेरास्ववियु छैठौका ठाकुर भुसालले – २०४ मत, पुष्पा गैरेले- १८६, प्रकाश राउत छेत्रीले १८१, सुदिप खनालले १४ मत, करिश्मा भारतीले८ मत र संदिप ६ मत प्राप्त गरेका छन् ।   
सभापति पदमा विजयी खड्का अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला समितिका अध्यक्ष हुन् । 
यस्तै समानुपातिक तर्फको मतगणनाको परिणाम अनुसार अनेरास्ववियु प्यानलले १९६, क्रान्तिकारीले १६४  र  ने.बि संघले १०६ मत प्राप्त गरेका छन् ।  ३ मत बदर भएका छन् । 
उता हिजो सम्पन्न स्ववियुको निर्वाचनमा मतगणना आचारसंहिता बिपरित भएको भन्दै अनेरास्ववियु र अखिल (छैठौं) को  बिरोधका कारण आज सम्मका लागि मतगणना कार्य स्थगित भएको थियो ।  
पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा सम्पन्न निर्वाचनमा ६३२ मध्ये ४६९ भोट खसेका थिए । १६३ जना अनुपस्थित रहेका थिए । 
यसअघी पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा सम्पन्न भएको स्ववियु निर्वाचनका लागि अनेरास्वबियु र अनेरास्वबियु ( छैठौ) को संयुक्त प्यानल अनुसार सभापतिमा बसन्त श्रेष्ठ (छापेली) ,सचिबमा सन्देश खनाल ,कोषाध्यक्षमा भुबन खनाल सदस्यहरुमा प्रकाश राउत, ठाकुर भुसाल र पुस्पा गैरे रहेका थिए । यस्तै स्ववियु चुनावमा नेविसंघ, क्रान्तिकारी प्रचण्ड, विप्लव र नयाँशक्ती विद्यार्थीको संयुक्त प्यानल अनुसार क्रान्तिकारी लक्ष्मण खड्काको नेतृत्वमा सभापती, नेविसंघका बर्जना खनाल सचिव, नेविसंघका घनश्याम पौडेल कोषाध्यक्ष, सदस्यहरुमा नेविसंघकै शुशिल बेल्वासे, अनिशा शाही ठकुरी र शर्मीला पन्थी रहेका थिए ।
विसं २०६५ यता त्रिविमा स्ववियु निर्वाचन हुन सकेको थिएन् ।  त्रिविले पटक पटक निर्वाचन घोषणा गरे पनि स्थगन हुँदै आएको थियो।

                                             सभापति पदमा विजयी लक्ष्मण खड्का अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला समितिका अध्यक्ष हुन् ।