नरपानी – घुम्तीको बिचमा आम्दानीको श्रोत राष्ट्रिय फूल लालीगुँरास बन्दै

सहयोगी बि. सी
नरपानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको नरपानी बजार र घुम्तीको बिचमा यी साना साना बालक हरुले बिदा र फुर्सदको समयमा सिजन अनुसारको व्यापार गर्दछन ।अहिले लालिगुँरास फुल्ने सिजनमा लालिगुँरास बेचेर पैसा कमाउछ्न ।
 
यिनिहरु बाटोमा फुलका झोप्पा ,गुच्छा बनाएर १० ,१५ ,२० रुपैयाँमा फुल बेच्दछ्न,त्यसो त त्यो बाटो हिडने सबारी साधनका मानिसलाई मात्र होइन सुपादेउरालिमा पुजा गरि प्रसाद खाने नरपानीका चौर चौरमा पनि फुल लगेर बेच्ने गर्दछ्न ।
यिनिहरु बिधालय समयमा पढन गएपनी यसो समय मिल्नासाथ मोटर बाटो तिर आई पैसा कमाउने उपाय खोज्दछ्न ।यात्रु तथा चालक हरुले फुल किन्ने इच्छा भन्दापनी साना साना बालक हरुको माया लागेको कारण पनि फुल किन्द्छन  ।
उनिहरुका कारण पढन पैसा नभएर होइन आफुलाई नास्ता खान ,रहर लागेको सामान किन्न यसो गरेको बताउछ्न ।
तस्बिरमा देखिए जस्तै १२ बर्ष भन्दा मुनिका मात्र आफ्नो खुसी र रहरले यस्तो काम गरेका हुन ।
अब यिनिहरु संगै यिनिहरुका घर परिबारका सदस्य हरु समेतले सो क्षेत्रको जंगलमा पाईने काफल ,खोल्टु ( तिजु ) एंसलु लगायत आ  आफ्नो घरमा पाइने बखडा ,आरु ,नास्पाती बेचेर केही पैसा पार्ने गर्दछन ।सन्धिखर्क ,गोरुसिंगे मोटरबाटो र सुपादेउराली मन्दिरका कारण आफ्नै गाउँ ठाउँमा थोरै भएपनी पैसा कमाउने मौका मिलेको छ ।