एकिकृत योजना तर्जुमा समितिको बैठक सन्धिखर्कमा सम्पन्न

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अार्थिक बर्ष २०७४/२०७५ को जिल्ला बिकास योजना तर्जुमाको लागि एकिकृत योजना तर्जुमा समितिको बैठक सन्धिखर्कमा सम्पन्न भएको छ।
जिल्ला बिकास समिति अर्घाखाँचीको अायोजना भएको सो बैठकमा बिभिन्न सरकारी कार्यालयहरुले गरेको बिकासका कामहरु तथा भावी योजना सरोकारवालाहरुले गर्नु पर्ने भुमिका लगायतका बिषयमा गम्भीर छलफल भएको थियोे ।
कार्यक्रम स्थानिय बिकास अधिकारी प्रदिप पौडेलको अध्यक्षता प्रमुख  जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको प्रमुख अतिथ्यतामा भएको सो कार्यक्रममा जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउत जिल्ला बन अधिकृत दिपक ज्ञवाली खानेपानी तथा सरसफाइ डिभिजनका प्रमुख सुरत कुमार बम नेपाली काङ्ग्रेसका जिल्ला सचिब छबिलाल पौडेल नेकपा एमालेका उपाध्यक्ष जिबनारायण कोईराला जनार्दन खनाल नेकपा माअोबादी केन्द्रका नेता ठाकुर कुमार बिक,  छम कुमारी खनाल, राष्ट्रिय जनमोर्चाका  अध्यक्ष झबिलाल थापा सचिब गोपाल पौडेल नेकपा मालेका सचिब केदार बेल्बासे जनशक्ती पार्टीका नेता यमुना भुसाल टोपबहादुर बलाल परिबार दलका डिल्ली राज भुसाल जनजाति महासंघका अध्यक्ष अशोक कुमार श्रेष्ठ दलित नेता लोकेन्द्र बिक पत्रकार महासंघका अध्यक्ष हिम बहादुर जिसी, सचिब सुर्य प्रसाद भुसाल लगायतका ब्यब्तिहरुले सुझाव दिनु भएको थियोे ।
कार्यक्रम जिबिसका राजस्व प्रमुख शेषकान्त घिमिरेको सन्चालन योजना अधिकृत नेत्र प्रसाद खनालको स्वागत मन्तब्य हरिषचन्द्द भुसालको सहजिकरणमा भएको कार्यक्रममा जिल्ला स्थित सबै कार्यालयका प्रमुखहरुको सहभागीता रहेको थियोे । 

अन्य समाचारहरु