दैबिक प्रकोप उद्दार समिति अर्घाखाँचीको बैठक सन्धिखर्कमा सम्पन्न

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । जिल्ला दैबिक प्रकोप उद्दार समिति अर्घाखाँचीको बैठक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको कार्यकक्ष सन्धिखर्कमा सम्पन्न भएको छ ।
बैठकमा स्थानिय बिकास अधिकारी प्रदिप पौडेल, नेपाली काङ्ग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कान, नेकपा एमालेका सचिबालय सदस्य जनार्दन खनाल, नेकपा माअोबादी केन्द्रका नेता राजेन्द्रप्रसाद भुसाल, जिल्ला स्वास्थ प्रमुख डाक्टर जगन्नाथ तिबारी सहायक प्रजिअ सकर भुसाल, प्रहरी निरिक्षक प्रदिप डिसी, राष्ट्रिय अनुसन्धानका प्रमुख देबेन्द्र खतिवडा, जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत चोपलाल बेल्बासे, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष पसुपति ढकाल, नेपाल रेडक्रसका सभापति शम्भु पोख्रेल, सुअाराका दिबस ढकाल, प्राबिधिक कार्यालयका नबिन श्रेष्ठ, महिला बिकासका पुस्पा भुसाल, जिल्ला भुसंरक्षण अधिकृत सम्पुर्णा नन्द गिरि, जिल्ला बन अधिकृत प्रदिप ज्ञवाली, सहायक प्रजिअ नारायण खत्री, पत्रकार महासंघका सभापति हिम बहादुर जिसी, उपाध्यक्ष गणेस खनाल, सचिब सुर्य प्रसाद भुसाल, खानेपानी कार्यालयका ठाकुर प्रसाद श्रेष्ठ, सन्धिखर्क नगरपालिकाका नारायण पोख्रेल लगायतले डडेलो नियन्त्रण तथा दैबिक प्रकोपबाट बच्ने उपाएका बारेमा अाफ्नो भनाइ राख्नु भएको थियोे ।
ब‌ैठकमा जिल्ला बन अधिकृत प्रदिप ज्ञवालीले उच्च अागोलागी जोखिम भएका ठाउँहरुका बारेमा सबैलाई जानकारी गराउदै अागलागी हुन नदिनका लागि अपनाउनु पर्ने उपाए तथा वन कार्यालयबाट भएका गतिबिधि बारे जानकारी गराउनु भएको थियोे ।
अर्घाखाँची जिल्लामा अागलागीबाट बर्षेनि करोडौंको क्षति हुने गरेको छ। यस बर्ष कुनै पनि ठाउँमा अागलागी हुन नदिनका लागि जनचेतनामूलक मुलक कार्यक्रम गर्नु पर्ने सबैको जोड रहेको थियोे । बैठकमा अग्निरेखा मार्फत पनि अागलागी नियन्त्रण गर्नका लागि सबै सामुदायिक बनहरुले ब्यबस्थापन गर्न बन कार्यालयलाई अाग्रह उपस्थितले गरेका थिए । 
उच्च जोखिम अागोलागिका क्षेत्र हरु बन कार्यलयले पैचान गरेका ठाउँहरु:-