ज्योती बहुमुखी ठाडामा नेविसंघको प्यानलनै विजयी

सुर्य भुसाल 
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको ठाडा गाविसमा रहेको ज्योती बहुमुखी क्याम्पसमा भोली स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको प्यानलनै विजयी भएको छ । 
लामो समय सम्मको विवादपछी अनेरास्ववियुले हार्ने निश्चत भएसँगै अनेरास्ववियु निवार्चनबाट बाहिरीएको थियो ।
 
अनेरास्ववियु बाहिरीएपनी ६१ ज्ना विद्यार्थी रहेको ज्योती बहुमुखीमा ३५ जना नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले हरुताक्षर गरेर बहुमतका साथ स्ववियु ज्योती बहुमुखी गठन गर्न निवार्चन अधिकृत र क्याम्पस प्रमुखलाई चिठी दिएसँगै बहुमतका आधारमा नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको हो । 
प्रत्यक्ष तर्फ सभापतीमा सागर बेल्वासे, सचिवमा कुशुम थापा, कोषाध्यक्षमा अम्बिका पौडेल र सदस्यहरुमा मिना पौडेल, धर्मराज बेल्वासे र भुवन अधिकारी सर्वसम्मत बहुमतका आधारमा चयन भएका हुन ।
  
नवनिवाचित कार्यसमितीलाई बधाई दिदै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी सुर्यप्रसाद अधिकारीले अनेरास्ववियुले जहातही भाडभैलो हाल्दै विभिन्न क्याम्प्समा निवार्चन गर्न नदिएको र आफनो हार हुने भएसँगै ज्योती क्याम्पसमा पनी निवार्चन गर्न नलागेकोले विद्यार्थीहरुको बहुमतका आधारमा गरिएको कार्यसमितीलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो । 
नेपाल तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का, तरुण दल सन्धिखर्क नगरपालकिाका नगर अध्यक्ष जम्शेर मियाँ, नेपाल विद्यार्थी संघका महाधिवेशन प्रतिनिधी भरत भट्टराई, पाणिनी बहुमुखी क्याम्पस नेविसंघ अध्यक्ष रुद्रमणि भुसाल, पाणिनी बहुमुखी क्याम्पस स्ववियु कोषाध्यक्ष घनश्याम पौडेल लगाएतले नवनिवाचीत समितीलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।