बाँगीमा बिधालयलाई सहयोग गर्ने दातालाई सम्मान (तस्बिर)

सुर्य भुसाल 
बाँगी,  अर्घाखाँची  । अर्घाखाँची जिल्लाको बाँगी गाबिस वडा नं, ८ मा रहेको श्री सिद्ध माबि ,भुतपुर्व विद्यार्थी मंचको आयोजनमा बिधालयको नजिकै रहेको स्वागत गेट निर्माण सहयोग गर्ने दाताहरुलाई एक भब्य समारोहका बिच सम्मान कार्यक्रम सप्पन्न गरेको छ ।
जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउत क्षेत्रीले उदघाटन गरेपछी भएको कार्यक्रममा बोल्दै बिधालयको शैक्षिक तथा भौतिक बिकासमा भुतपुर्व विद्यार्थी मंचले गरेको कामको उच्च मुल्यांकन गर्दै आभार एबं धन्यवाद दिनुभएको थियो ।आफुले शिक्षा आर्जन गरि अहिले देश बिदेशमा रहेका ब्यक्तीले झण्डै १ लाख ७० हजारको सहयोगमा उक्त गेट निर्माण कार्य संचालन भएको थियो ।
सो कार्यक्रममा जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउत् क्षेत्री ,बिधालय निरीक्षक बलराम मिश्र ,शान्ति उच्च मा, मि ,आरुखोरका प्राचार्य मान बहादुर पाण्डे ,शिक्षक डिल बहादुर के ,सि ,लगायतले बिधालयको विविध बिषयमा प्रकाश पार्नुभएको थियो ।
  उक्त अबसरमा सो गेट निर्माणार्थ रकम सहयोग गर्ने दाता र उहाँका अभिभावक ज्युलाई सम्मान गरिएको थियो।साथै जेहेन्दार विद्यार्थी लाई छात्रवृत्ति पुरस्कर समेत प्रदान गरिएको थियो ।कार्यक्रममा बिधालयका छात्रछात्रा हरुले विविध साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रम भुतपुर्व विद्यार्थी मंचका अध्यक्ष कमल खडका र मंचका उपाध्यक्ष कृष्ण आचार्य को संचालनमा सागर संगम खड्काको स्वागत मन्तव्यमा  सप्पन्न भएको थियो ।