शान्ती बगैंचा अाधुिनिकरण तथा व्यवस्थापन अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न

शान्ती बगैंचा लगायत । फाइल तस्बिर   

प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । “हाम्राे पहिचान,प्रतिष्ठा,गाैरब एवं परयटनकाे धराेहर , अाधुनिक व्यवस्थीत सुन्दर एवं मनाेरम शान्ति बगैँचा बनाउने हाम्राे रहर ” भन्ने मुल नाराका साथ शान्ती बगैंचा अाधुिनिकरण तथा व्यवस्थापन अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम बुधवार सन्धिखर्कमा सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्लाको सन्धिखर्कमा रहेको शान्ति बगैचाकाे अाधुनिकरणका अभियानकर्ता सहायक जिल्ला प्रमुख नारायण खत्रीले शान्ति बगैंचा पूननिर्माण बारेमा सरोकारवालाहरुलाई  जानकारी गराएका थिए । 
अन्तरक्रिया कार्यक्रममा खत्रीले शान्ति बगैंचा पूननिर्माण योजनामा अहिले सम्म भईरहेको उपलब्धीको बारेमा जानकारी गराउदै सबै क्षेत्रबाट सहयोग गरिदिन अनुरोध गरे।  
जिल्लाको धरोहर जीर्ण बन्दै जाँदा जिल्लाको गरिमा नै गुम्न सक्ने भन्दै खत्रीले शान्ती बगैंचा अाधुिनिकरण तथा व्यवस्थापन अभियान शुरु गरेका छन् । उनले यसअघि शान्ति बगेेचाकाे बिषेश नापी समेत गराएका छन् ।  उनले यस अभियानमा देश विदेशबाट सहयोगको अपेक्षा गरेता पनि अहिले सम्म कुनै आर्थिक सहयोग हुन सकेको छैन् ।  
सदरमुकाम सन्धिखर्कस्थित शान्ति बगैंचा कुनै बेला बखान गर्न लायक थियो । सुन्दै मनमोहक र लोभलाग्दो बगैंचा पछिल्लो समय हेरचाह नपाउँदा फोहोर र उजाड बन्दै गएको छ । सन्धिखर्क प्रवेश गर्ने मूलद्वारका रूपमा परिचित यो उद्यान कुरूप बनेसँगै बजार घुम्न आउनेहरुलाई आराम स्थानको समेत अभाव हुन थालेको छ ।
आफ्ना वंशले भुरे राजाका पालामा स्थापना गरेको बताउँदै यहाँका कुमाल र मुखिया जातिले स्थानीय स्तरबाटै बगैंचा सुधार्ने माग राखेका छन्
बगैंचा हेरचाह गर्ने जिम्मा सन्धिखर्क नगरपालिकाले लिएको छ । तर नगरपालिकाले बगैंचा संरक्षणमा कुनै चासो दिएको छैन ।
सन्धिखर्क नगरपालिकाले विरोध गरेका कारण नगरपालिकाले बगैंचाको स्याहार-सम्भार गर्न नसकेको बताएको छ।
गत वर्ष बगैंचा सुधार गर्न नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर विनियोजित रकम नगरपालिकाले केमा खर्च भयो भनेर खुलाएको छैन ।
विनियोजित रकममध्ये केही रकम बगैंचामा नयाँ बिरुवा रोप्नमा खर्च भएको र बाँकी फ्रिज भएको नगरपालिकाले बताएको छ। तर, अहिले बगैंचामा नयाँ बिरुवा देखिँदैनन् । भएका पुराना रूख पनि संरक्षण अभावमा सुक्ने र ढल्ने अवस्थामा छन्  । बगैंचाको रेखदेख गर्ने निकायले चासो नदिएसँगै अहिले बगैंचा बीचबाट पैदलयात्रु हिँडडुल गर्न थालेका छन्, कतिले दिसापिसाब गर्छन् ।
बगैंचाभित्र ०३९ सालका सहिद विद्यार्थी नेता टंकप्रसाद भुसालको सालिक राखिएको छ, तर अहिले जीर्ण अवस्थामा छ । बगैंचाभित्र कार्यक्रम गर्ने दुई मञ्च पनि छन् । ती मञ्च पनि जीर्ण बन्दै गएका छन् । विगतमा जिल्लाका राजनीतिक नेताले यिनै मञ्चमा आमसभा गर्दै राजनीतिक क्रान्ति हासिल गरे । अहिले बगैंचा उजाड बन्दै जाँदा भने उनीहरूले संरक्षणमा कुनै चासो दिएका छैनन् ।
जीर्ण भएको भन्दै जिविस र राजनीतिक दलका नेताले अहिले मञ्चमा कार्यक्रम गर्न प्रतिबन्ध लगाएका छन् । यो बगैंचालाई अर्घाखाँचीकोे चिनारीका रूपमा पनि लिइन्छ । 
सन्धिखर्क नगरपालिकाको मुटुमै रहेको बगैंचा एकाएक उजाडिनु नगरपालिकाको बेवास्ता हो । यो बगैंचालाई संरक्षण गरेर पुरानै अवस्थामा फर्काउने हो भने पर्यटकीय रूपमा पनि फाइदा पुग्नेछ ।
स्थानीयले बगैंचाको रातोमाटो समेत खनेर लैजाने गर्छन् । रातोमाटो निकालेपछि रूखका जरा बाहिरै देखिएका छन् । 
सरोकार निकायले बगैंचा जोगाउनतर्फ ध्यान नदिएको गुनासो आएको बेला जिल्ला प्रमुख नारायण खत्रीले शान्ति बगैंचा पूननिर्माणमा लागि परेका छन् ।