जुकेनाको शिवादहमा एकिकृत घुम्ती शिबिर हुँदा स्थानियबासी अत्यान्तै हर्षित

सुर्य भुसाल 
जुकेना, अर्घाखाँची । अर्घाखाँची जिल्लाको कर्णाली भनेर चिनिने दक्षिण खाँचीको जुकेना गाबिसको शिवादहमा एकिकृत घुम्ती शिबिर हुँदा त्यस क्षेत्रका ८० बर्षे बृर्दाहरु देखि अाम सर्बसाधरण अत्यान्तै हर्षित भएका छन ।
गाउँमा सरकारी निकायका सबै सेवा सुबिधा बोकेर अाफुहरुको घरदैलोमा सरकारी कर्मचारी पुग्दा अाफु अत्यान्तै हर्षित भएको जुकेना शिवादह निबासी ७९ बर्षिय हर्कमान थापाको भनाइ छ । 
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको अगुवाइमा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल स्थानिय बिकास अधिकारी प्रदिप पौडेल जिल्ला बन अधिकृत दिपक ज्ञवाली जिल्ला भु-सरक्षण प्रमुख सम्पुर्णा नन्द गिरि पशु सेबा कार्यालयका प्रमुख जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी तथा डाक्टरहरु गाउँमा पुगेर सेबा दिदा उनिहरुले बल्ल लोकतन्त्रको महसुस गरेको स्थानियबासीहरुले डटकमलाई बताएका थिए ।
गाउँमा सेवादिनका लागि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी शंकर भुसाल सहितको टोली बुधबार बेलुका नै सिबादह पुगेर तारतम्मे मिलाएको थियोे । एकिकृत घुम्ती शिबिरको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले एक भब्य समारोहका बिच नागरिक्ता प्रदान गरेर उदघाटन गर्नु भएको थियोे ।
प्रमुख जिल्ला अधिकारीमा अत्यान्तै अनुभब प्राप्त प्रजिअ कटुवाल अर्घाखाँची अाएपछि जिल्लामा शान्ति सुरक्षा अमन चयन कायम हुनुको साथै अनियमितता गर्ने माथि कार्बाही गर्ने बताउदै जिल्लामा सार्बजनिक जग्गा अतितक्रमण गर्ने जो कोहिलाई नछाड्ने कडा चेतावनी प्रजिअले दिएपछि अर्घाखाँचीमा अहिले सेवा ग्राहिले पनि कार्यालयहरुबाट छिटो छरितो सेवा लिन पाएको बताउदै अाउने गरेका छन ।
जिल्लामा सरकारी कार्यालयहरुमा प्रभाबकारी बनाउनका लागि कार्यालय प्रमुखहरु पनि निकै लागि परेको देखिन्छ ।
स्थानिय बिकास अधिकारी प्रदिप पौडेलले पनि जनताको काम छिटो छरितो गर्न र पारदर्शी गर्न बिकासका कामलाई प्रभाबकारी बनाउनका लागि बैशाख भित्र काम सम्पन्न गर्न मातहतका कर्मचारीहरुलाई निर्देशन दिएपछि कामले तिब्रता लिएको छ ।
शिबादहमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता बिभिन्न खालका सिफारिस तथा अन्य सेबा प्रदान गरिएको थियोे भने । जिल्ला बिकास समितिबाट बिकासका कामहरु योजनाहरुका बारेमा जानकारी गराई एको थियोे ।
जिल्ला बन कार्यालयबाट गर्मियाममा हने अागोलागी नियन्त्रण रोकथाम तथा त्यसका उपायका बारेमा जनचेतना फैलाउने काम सम्पन्न भएको थियोे । जिल्ला स्वास्थ्य कार्यालयबाट बिरामी जाच्नुको साथै उचित स्वाथ्य सल्लाहा प्रदान गरिएको थियोे । भने जिल्ला पशु सेबा कार्यालयबाट गाई बस्तुमा लागेका रोग जाच गर्नुको साथै उचित प्ररामर्श दिएको थियोे । शिबिरबाट हजार जना भन्दा बढिले सेवा लिएको गाबिस सचिब राम प्रसाद पौडेलले जानकारी गराउनु भयो । 
शिबिरको ब्यबस्थापन गाबिसले मिलाएको बुझिएको छ ।